मनोरञ्जन
Monday, 30 Sep, 2019
‘च च हुई’ को दोश्रो गीत ‘जवानी’ सार्वजनिक(भिडियो)
चलचित्र ‘ च च हुई’को दोश्रो गीत ‘जवानी’ सार्वजनिक भएको छ । मंसिरको ६ गतेबाट रिलिज हुन लागेको चलचित्रमा समावेश आइटम गीतलाई दशैंको अवसर पारेर निर्माणपक्षले सार्वजनिक गरेको हो । ‘जवानी’ बोलको गीतमा निर्देशक भुटिया र विनय सापकोटाको शब्द रहेको छ भने रोशन थापा र सुमन गुरुङको स्वर रहेको छ ।सङ्गीत पनि रोशनकै रहेको छ ।सार्वजनिक आइटम गीतमा नायक आर्यन सिग्देल र मोडल एलिशा शर्मा देखिएका छन् ।
जीएल इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रलाई अमृत घोले लामाले निर्माण गरेका हुन् । सुशन प्रजापतिको छायांकन, सिजन दाहाल र सन्देश अर्यालको पटकथा रहेको चलचित्रमा आर्यनसँगै भोलाराज सापकोटा, मिरुना मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ल लगायतको अभिनय छ ।







