मनोरञ्जन
Monday, 23 Sep, 2019
भिमफेदी गाइजको ‘जति हेर्यो’ मा एलिशा
भिमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। पूर्वेली भाकामा तयार भएको गीतको भिडियोलाई भिमफेदी गाइजले तयार पारेको हो ।उमेश रेग्मीको शब्द संगीतमा रहेको जति हेर्यो बोलको गीतमा राज पौडेलको स्वर रहेको छ।
म्युजिक भिडियोमा भिमफेदी गाइजको साथमा एलिशा राईको अभिनय रहेको छ। सांस्कृतिक कार्यक्रमको थिममा तयार गरेको गीतको भिडियोलाई एलिशा राईले कोरियोग्राफी गरेकी हुन्।निर्मल कुमार लामाको निर्देशनमा बनेको म्युजिक भिडियोलाई पवन सुस्लिङले खिचेका हुन् भने पवन सुस्लिङले नै सम्पादन गरेका हुन्।







