मनोरञ्जन
Wednesday, 7 Aug, 2019
‘जाइरा’को ट्रेलर सार्वजनिक(भिडियो)
भदौ ६ गतेबाट नेपालभर रिलिज हुने चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक भएको छ ।बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो चलचित्रमा नायिका नम्रता श्रेष्ठ मार्सल आर्ट खेलाडीको भूमिकामा देखिदैछिन् ।
आशुतोष राज श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्रमा बाबु श्रेष्ठको छायांकन ,लोकेश बज्रार्चायको सम्पादन ,सम्राट बस्नेतको एक्सन छ । नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्सको प्रस्तुतिमा तयारचलचित्रमा नम्रता श्रेष्ठ, अनुप विक्रम शाही, प्रमोद अग्रहरि, श्रृजना रेग्मी, रेमन दास श्रेष्ठ, सुजता श्रेष्ठ र सम्राट मगरलगायत कलाकारको मुख्य भूमिका छ ।







