सौगात र नम्रताको ‘माछा माछा’
नायक सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘माछा माछा’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । मङ्गलवार निर्माण पक्षले चलचित्रको रिलिज मिति तय गर्नुका साथमा फर्स्टलूक पोस्टर पनि सार्वजनिक गरेको छ ।सुनिल गुरुङको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रमा तीन जना गाउँका युवकहरूले आफूलाई सहरमा स्थापित गर्न लागिपरेको सङ्घर्षको कथा रहेको छ ।सार्वजनिक पोष्टरमा सौगात, बिजय , अनोजको समुह र अर्का कलाकार माओत्से गुरुङको समुह अलग–अलग देखिएको छ । चलचित्रमा नायिका नम्रता श्रेष्ठको पनि मुख्य भूमिका छ ।

णिराम पोखरेल कार्यकारी निर्माता रहेको यो चलचित्रलाई सिनेमा आर्ट र नौमती इन्टरटेन्मेन्टको ब्यानरमा रामबाबु गुरुङ र दयाहाङ राइले निर्माण गरेका हुन् । चलचित्रमा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन, शिवराम श्रेष्ठको छायांकन र सुनिल गुरुङको लेखन रहेको चलचित्रमा प्रवीण खतिवडा, पुष्कर गुरुङ, कमलमणि नेपाल, भोला राज सापकोटा, सरिता गिरी, ध्रुव कोइराला, वसन्त भट्ट लगायतका कलाकारको पनि अभिनय छ ।







