मनोरञ्जन
Monday, 17 Jun, 2019
आयुष्मान र शिल्पाको ‘सानो मन’ ट्रेलर
असार २० गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘सानो मन’को ट्रेलर सार्वजनिक भएको छ । आयुष्मान देशराज जोशी, शिल्पा मास्के स्टारर चलचित्रको ट्रेलर आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । चलचित्रले मुख्य पात्रद्धय आयुष्मान देशराज जोशी र शिल्पा मास्केको प्रेममा आउने उतारचढावलाई प्रस्तुत गरेको छ ।
ओपीजी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाइ टेक इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा समिर सुनवार र सूयोगको लेखन, आलोक शुक्लाको छायांकन छ ।चलचित्रमा शिशिर बाङ्देल, सक्षक कृष्ण सुवेदी, कृष्ण भक्त महर्जन, लक्ष्मी भुसाल लगायतका कलाकारको पनि अभिनय रहेको छ ।







