मनोरञ्जन
Wednesday, 29 May, 2019
सकियो निश्चल र स्वस्तिमाको ‘घामड शेरे’ को सुटिङ
निर्देशक हेमराज विसी निर्देशित नयाँ चलचित्र ‘घामड शेरे’ को सुटिङ प्याकअप भएको छ । रियल लाईफ जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनित चलचित्रको ३८ दिनमा चलचित्रको छायांकन सकिएको हो ।रोमान्टिक–कमेडी जनरामा चलचित्र निर्माण भएको बताइएको छ ।
यो चलचित्रका लागि निर्देशक टर्न अभिनेता निश्चलले पारिश्रमिक मात्र २५ लाख बुझेको चर्चा छ । २० लाख उनले एडभान्स बुझेका थिए । अभिनेत्री स्वस्तिमाले पनि फिल्ममा चर्को पारिश्रमिक बुझेकी छन् ।निर्देशक विसीको होम प्रोडक्सन कम्पनी विसी मोसन पिक्चरको ब्यानरमा यो चलचित्र निर्माण भएको हो । ‘घामड शेरे’ आउँदो असोज ३ गते प्रदर्शनमा आउने यसको निर्माणपक्षले जनाएका छन्।







