Breaking News Wednesday, 7 Oct, 2026
Prestige Media

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

काठमाडौँ उपत्यकावासीका लागि ‘मेट्रो रेल’ को सपना नौलो होइन । हरेक चुनावमा राजनीतिक दलका घोषणापत्रमा अट्ने तर कहिल्यै कार्यान्वयनको चरणमा नपुग्ने यो सपनाले अब भने प्राविधिक र रणनीतिक रूपमा मूर्तरूप लिने सम्भावना बढेको छ ।

काठमाडौँ उपत्यकाको निरन्तरको ट्राफिक जाम, वायु प्रदूषण र अस्तव्यस्त सार्वजनिक यातायातको दीर्घकालीन समाधान खोज्न सरकारले ‘काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना (केभीयुटीएसएमपी) २०५०’ तयार पारेको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) को प्राविधिक तथा आर्थिक सहयोगमा पूर्वाधार विकास मन्त्रालयले करिब ३ वर्ष लगाएर तयार पारेको यस गुरुयोजनाको सबैभन्दा आकर्षक र महत्त्वपूर्ण परियोजनाका रूपमा ‘रत्नपार्क–भक्तपुर मास ट्रान्जिट (मेट्रो रेल)’ लाई अघि सारिएको छ ।

मन्त्रालयले यस गुरुयोजना र यसको ‘रणनीतिक वातावरणीय मूल्याङ्कन (एसईए)’ को मस्यौदा प्रतिवेदन सार्वजनिक गर्दै सरोकारवाला र आम नागरिकबाट ३० दिने राय–सुझाव माग गरेको छ । प्रतिवेदनले उपत्यकाको पूर्व–पश्चिम करिडोरलाई लक्षित गरी करिब १६.५ किलोमिटर लामो ‘लिनियर मेट्रो’ वा ‘लाइट रेल ट्रान्जिट (एलआरटी)’ निर्माण गर्ने स्पष्ट प्राविधिक खाका र समयसीमा सन् २०४० तोकेको छ ।

काठमाडौँमा मेट्रो रेलको बहस चलेको एक दशकभन्दा बढी भइसकेको छ । यसअघि लगानी बोर्ड र रेल विभागले गरेका केही प्रारम्भिक अध्ययन कागजमै सीमित छन् । यो गुरुयोजना सफल हुनका लागि बलियो राजनीतिक इच्छाशक्ति र खर्बौं रुपैयाँको लगानी आवश्यक पर्छ । यदि सरकार र दातृ निकाय (जाइका लगायत) को इच्छाशक्ति मिलेमा, सन् २०४० भित्र काठमाडौँको रत्नपार्कबाट चढेर भूमिगत र आकाशे मार्ग हुँदै केही मिनेटमै भक्तपुर पुग्ने उपत्यकावासीको सपना यथार्थमा परिणत हुने देखिएको छ ।

किन छानियो रत्नपार्क–भक्तपुर करिडोर ?

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सन् २०२१ मा २९ लाख ३६ हजार रहेको उपत्यकाको जनसङ्ख्या सन् २०५० सम्ममा करिब ४२ लाख १ हजार पुग्ने प्रक्षेपण छ । हाल उपत्यकामा प्रतिकिलोमिटर सडकमा सवारी साधनको घनत्व ८६८ पुगिसकेको छ भने ‘पिक आवर’ मा सवारीको औसत गति घटेर १०.६ किलोमिटर प्रतिघण्टामा झरेको छ ।

काठमाडौँको भौगोलिक जटिलता, घना बस्ती, पुरातात्विक सम्पदा र जग्गा अधिग्रहणको उच्च लागतलाई ध्यानमा राख्दै गुरुयोजनाले यस मेट्रो परियोजनालाई पूर्ण रूपमा जमिनमाथि वा पूर्ण रूपमा जमिनमुनि नबनाई मिश्रित संरचनामा निर्माण गर्ने प्रस्ताव गरेको छ ।

जाइकाको ट्राफिक माग प्रक्षेपण मोडेलिङअनुसार काठमाडौँ उपत्यकामा सबैभन्दा बढी यात्रुको चाप पूर्व–पश्चिम करिडोर अर्थात् काठमाडौँ महानगरपालिकादेखि भक्तपुर नगरपालिकासम्मको खण्डमा छ । यस करिडोरमा घना आवासीय क्षेत्र, व्यापारिक केन्द्र, शैक्षिक संस्था र सरकारी कार्यालयहरू केन्द्रित छन् ।

हालको अरनिको राजमार्ग र कोटेश्वर खण्डमा सडक चौडा गर्ने विकल्प लगभग सकिएको छ । सडकको दायाँबायाँ बाक्लो सहरीकरण भइसकेकाले जग्गा अधिग्रहण गरेर सडक विस्तार गर्नु असम्भवप्रायः छ । सडक विस्तारमात्र गरेर भविष्यको ट्राफिक माग धान्न नसकिने र निजी सवारी (मोटरसाइकल र कार) को चापले सहर नै ठप्प हुने निश्चित भएपछि अध्ययन टोलीले उच्च क्षमताको ‘मास ट्रान्जिट प्रणाली’ (मेट्रो रेल) लाई एकमात्र निर्विकल्प समाधानका रूपमा अघि सारेको हो ।

काठमाडौँको भौगोलिक जटिलता, घना बस्ती, पुरातात्विक सम्पदा र जग्गा अधिग्रहणको उच्च लागतलाई ध्यानमा राख्दै गुरुयोजनाले यस मेट्रो परियोजनालाई पूर्ण रूपमा जमिनमाथि वा पूर्ण रूपमा जमिनमुनि नबनाई मिश्रित संरचनामा निर्माण गर्ने प्रस्ताव गरेको छ ।

सहरी कोर क्षेत्र : रत्नपार्क र कोटेश्वर चोक क्षेत्रमा अण्डरग्राउण्ड

रत्नपार्क क्षेत्र काठमाडौँको ऐतिहासिक, सांस्कृतिक र व्यापारिक केन्द्र हो । यहाँ जमिनमाथि रेलको लिक वा पिलर ठड्याउनका लागि ठाउँको चरम अभाव छ । साथै, भोटाहिटी, रानीपोखरी, असन र खुलामञ्चजस्ता संवेदनशील क्षेत्रको सौन्दर्य र पुरातात्विक महत्त्व जोगाउन रत्नपार्क आसपासको खण्ड पूर्ण रूपमा भूमिगत (अण्डरग्राउण्ड) हुनेछ । यसका लागि टनेल बोरिङ मेसिन प्रविधिको प्रयोग गरिने उल्लेख छ ।

यस्तै कोटेश्वर चोक उपत्यकाकै सबैभन्दा ठुलो ट्राफिक ‘बोटल नेक’ हो । यहाँ चक्रपथ, अरनिको राजमार्ग र विमानस्थलतर्फ जाने सडकको सङ्गम छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेकाले उडान सुरक्षाका कारण यहाँ अग्ला संरचना वा पिलरहरू बनाउन मिल्दैन । साथै, सतहको ट्राफिकलाई असर नपार्न कोटेश्वर क्षेत्रमा पनि मेट्रो रेल भूमिगत रूपमै गुड्ने प्रतिवेदनमा उल्लेख छ ।

अरनिको राजमार्ग खण्डमा पिलरमाथि

रत्नपार्कबाट भूमिगत रूपमा निस्किएको रेल बागमती नदी (थापाथली/माइतीघर) पार गरेपछि अरनिको राजमार्गको विद्यमान सडक अधिकार क्षेत्र (राइट अफ वे) भित्रै पिलर ठड्याएर जमिनभन्दा माथि गुड्ने (एलिभेटेड) संरचना निर्माण गरिने उल्लेख छ । कोटेश्वरमा पुनः भूमिगत (अण्डरग्राउण्ड) हुने यो रेल जडीबुटीबाट निस्किएपछि भक्तपुरसम्मै सडकको बिच भागमा पिलरमाथि कुद्नेछ । सडकको बिचमा रहेका डिभाइडर र सर्भिस लेनको ठाउँ प्रयोग गरी पिलर उठाइने हुँदा यसले थप जग्गा अधिग्रहणको लागतलाई उल्लेख्य रूपमा घटाउनेछ ।

लक्ष्य सन् २०४० : मध्यकालीन चरणको प्रमुख आयोजना

दीर्घकालीन रूपमा (सन् २०५० सम्म) यही पूर्व–पश्चिम लाइनलाई आधार मानेर चक्रपथ (रिङरोड) र उत्तर–दक्षिण मास ट्रान्जिट करिडोरहरूको विस्तार गरिने जनाइएको छ ।

गुरुयोजनाले यस मेट्रो परियोजनालाई मध्यकालीन चरण (फेज–२) अन्तर्गत राखेको छ । यसको अर्थ सन् २०३२ सम्ममा यसको विस्तृत सम्भाव्यता अध्ययन (एफएस), विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), वातावरणीय तथा सम्पदा प्रभाव मूल्याङ्कन (ईआईए/एचआईए), लगानीको सुनिश्चितता र ठेक्का प्रक्रिया सम्पन्न गरिनेछ । त्यसपछिको समय निर्माणमा लगाएर सन् २०४० सम्ममा रत्नपार्क–भक्तपुर मेट्रो रेल सञ्चालनमा ल्याउने गुरुयोजनाको लक्ष्य छ ।

दीर्घकालीन रूपमा (सन् २०५० सम्म) यही पूर्व–पश्चिम लाइनलाई आधार मानेर चक्रपथ (रिङरोड) र उत्तर–दक्षिण मास ट्रान्जिट करिडोरहरूको विस्तार गरिने जनाइएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL