‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ
‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ
बाँकेको कोहलपुरमा रहेको होटेल म्याक्समा ‘अनलाइम गेम’ (सट्टेबाजी) खेलाएको आरोपमा प्रहरीले मंगलबार ४० जना भारतीय नागरिकसहित ४२ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये अन्य दुई जना नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूका साथबाट प्रहरीले २८ थान ल्यापटप र ७८ थान विभिन्न कम्पनीका मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए ।
उनले कहिलेदेखि खेल खेलाएको, कसरी खेलाएको र कति गेम खेलाइएको भन्ने विषयमा अनुसन्धान जारी रहेको बताए । पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालयको नेपालगन्जस्थित हिरासतमा राखिएको छ ।
उनले कहिलेदेखि खेल खेलाएको, कसरी खेलाएको र कति गेम खेलाइएको भन्ने विषयमा अनुसन्धान जारी रहेको बताए । पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालयको नेपालगन्जस्थित हिरासतमा राखिएको छ ।