Breaking News Monday, 13 Jul, 2026
Prestige Media

४ घन्टा लामो भेटघाटमा सुकुम्बासी समस्याबारे रवि लामिछानेले के भने प्रधानमन्त्री बालेनलाई?

प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आइतबार चार घन्टा कुराकानी गरेका छन्।

बिहान ११ बजे बुढानिलकण्ठस्थित रवि लामिछानेको निवासमा सचिवालयका सदस्यसहित पुगेका प्रधानमन्त्री शाहले झन्डै चार घन्टा कुराकानी गरेका हुन्।

स्रोतका अनुसार भेटमा सुकुम्बासी समस्या, गणेश नेपालीको आत्मदाह लगायत विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री शाह प्रमुख स्वकीय सचिव कुमार बेन, सचिवालयका सदस्य सुवास शर्मा र विवेक मिश्रका साथ बुढानिलकण्ठ पुगेका थिए।

लामिछानेले प्रधानमन्त्री शाहलाई सुकुम्बासीको व्यवस्थापनमा गम्भीर हुन सुझाव दिएको स्रोतले बतायो।

‘मान्छेहरू रोए ठिक भएन। गरिबलाई रूयाएर हुन्न। आँसु लाग्छ। उनीहरू सुकुम्बासी होइनन् भने पनि चित्त बुझ्ने गरी व्यवस्थापन गर्नुपर्छ,’ पार्टी सभापति लामिछानेले प्रधानमन्त्री शाहलाई भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘जनतालाई सरकारको मन हुन्छ, सरकारलाई पनि पीडा हुन्छ भन्ने देखाउनुहोस्। सुकुम्बासीलाई छिटो जग्गा उपलब्ध गराउनुहोस्। त्यसले देशभरका सुकुम्बासीको समस्या समाधान गर्न खोजेको देखिन्छ।’

लामिछानेसँगको भेटमा प्रधानमन्त्री शाहले सरकारले पनि काम गरिरहेको बताएका थिए।

‘केही छैन। सुकुम्बासीको व्यवस्थापन गर्ने हो। केही समयमा मिलिहाल्छ,’ शाहले दिएको जबाफ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसमा सरकारले काम गरिरहेको छ।’

सभापति लामिछानेले भने प्रधानमन्त्रीसँग सरकारको काम गर्ने शैली नमिलेको टिप्पणी गरेका थिए।

‘कतिपय वास्तविक सुकुम्बासी होइनन् भन्ने हुनसक्छ। तर मान्छे रोएको, दु:ख पाएको त साँचो हो,’ लामिछानेले सुझाव दिँदै प्रधानमन्त्री शाहलाई भने, ‘राज्यले कन्भिन्स गराउन नसकेको साँचो हो। सुकुम्बासीलाई व्यवस्थापन गर्न लागेको छ भन्ने कामबाट देखाउनुस्।’

प्रधानमन्त्री शाहले भने पार्टीको पदाधिकारी मनोनयन लगायतका विषयमा अपडेट मागेका थिए। लामिछानेले पदाधिकारी मनोनयन छिट्टै गर्ने उल्लेख गर्दै नाम दिन प्रधानमन्त्रीलाई भनेका थिए।

‘पदाधिकारी भन्दा पनि सदन कसरी व्यवस्थित गर्ने भन्नेमा म लागेको छु,’ प्रधानमन्त्री शाहलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘सदनमा जनताको काम भइरहेको छ भन्ने देखाउने गरी म काम गर्दैछु।’

सभापति लामिछानेले गणेश नेपालीको आत्मदाहको विषयलाई दुर्घटनाका रूपमा टिप्पणी गरेका थिए। यसमा काठमाडौं महानगरपालिका र केन्द्र सरकार मिलेर काम गर्न उनले सुझाएका थिए।

‘त्यो अप्रत्यासित घटना भयो। गणेशलाई रिस उठेछ, अनि आगो लगाएछ,’ प्रधानमन्त्री शाहले लामिछानेलाई भने, ‘महानगरसँग मिलेर सरकारले हेर्छ।’

सभापति लामिछानेले भने गणेश नेपालीको आत्मदाहमा महानगरलाई दोष दिन पनि नमिल्ने र सरकारले जिम्मेवारी लिन पनि नमिल्ने टिप्पणी गरेका थिए। तर गणेशको परिवारलाई राज्य र सरकार भएको आभाष दिनुपर्ने बताएका थिए।

सभापति लामिछानले भेटमा जेनजी आन्दोलनका घाइतेहरूलाई विदेशमा उपचारको व्यवस्था मिलाउन सुझाएका थिए।

प्रधानमन्त्री शाहले भने सरकारले विदेशमा उपचार गराउने कानुन नभएको बताएका थिए। लामिछानेले सहयोग जुटाएर भए पनि जेनजी आन्दोलनका केही घाइतेको छिट्टै उपचार गराउनुपर्ने धारणा राखेका थिए। साथै, जेनजी परिषद छिट्टै गठन गर्न उनले सुझाएका थिए।

सभापति लामिछानेले केही दिनअघि जेनजी आन्दोलनका घाइते र मृतकका परिवारसँग भेट गरेका थिए।

प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेबीच सरकारको सय दिनको काम, छिमेकी मुलुकसँगका सम्बन्धको विषयमा पनि संक्षिप्त कुराकानी भएको स्रोत बताउँछ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्युमर, भयो सफल शल्यक्रिया

गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता

बेलिंघमको दुई गोलमा नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश

कीर्तिपुरको होल्डिङ सेन्टरमा मध्यरातमा पस्यो बाढी

गणेश नेपालीको परिवारलाई काठमाडौं महानगरले मानवीय सहयोग, रोजगारी र नि:शुल्क शिक्षा दिने

पोखराको जग्गा विवाद : चलखेलले महल बने, सार्वजनिक देखिएपछि खाली गराइँदै

गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

‘बालेनको पुलिस होइन, नेपाल पुलिस हो’ भनेका डीएसपी सोधपुछका लागि जिल्ला तानिए

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

सातै प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL