Breaking News Thursday, 9 Jul, 2026
Prestige Media

सातै प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ।

मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी भू-भागतर्फ नै सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावले बिहीबार बिहान सातै प्रदेशका विभिन्न भूभागमा छिटपुटदेखि हल्कार मध्यम वर्षा भइरहेको छ।

पछिल्लो एक घन्टामा पाल्पाको हात्तीलुङमा  २४.८ मिलिमिटर वर्षा भएको छ। रुपन्देहीको सूर्यपुरामा १९ मिलिमिटर, तिलोत्तमामा ११.२ मिलिमिटर, दाङको तुलसीपुरमा १५.४ मिलिमिटर, सुखाबारेमा ११.४ मिलिमिटर, घोराहीमा ९.४ मिलिमिटर, नवलपरासीको बर्दघाटमा १९ मिलिमिटर, परासीमा ११.२ मिलिमिटर वर्षा भएको छ।

पछिल्लो चौबीस घन्टामा पाल्पाको रामपुरमा १७२.८ मिलिमिटर, हात्तीलुङमा १६४ मिलिमिटर, बल्ढ्याङगढीमा १२२.८ मिलिमिटर, तानसेनमा ९३ मिलिमिटर, गण्डकोटमा ८०.२ मिलिमिटर, अर्घखाँचीमा ९०.४ मिलिमिटर, सिन्धुपाल्चोकको मानेखर्कमा ८१.८ मिलिमिटर वर्षा मापन भएको छ।

बिहीबार दिउँसो देशका पहाडी र हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश प्रदेश साथै कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको सम्भावना छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभगको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मधेश प्रदेश साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा स्थानमा, कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

राति कोशी, बागमती ,गण्डकी लुम्बिनी र सुदूरपश्चिम  प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

‘बालेनको पुलिस होइन, नेपाल पुलिस हो’ भनेका डीएसपी सोधपुछका लागि जिल्ला तानिए

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

यी स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

आँसु झार्दै विश्वकपबाट बाहिरिएका रोनाल्डो

चार दिन बित्यो, कर्णालीमा खसेको गाडीको छैन अत्तोपत्तो

मानव–वन्यजन्तु द्वन्द्वको स्थायी समाधानका लागि सरकार गम्भीर छ : मन्त्री गौतम

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

दक्षिण कोरियाले बढायो भिसा शुल्क

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL