Breaking News Thursday, 9 Jul, 2026
Prestige Media

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

 कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा भेला भएर गीत गाउँथे । यस्तै, नाच्थे, सुख–दुःख साट्थे र पुस्तौँदेखि पुस्तामा संस्कार, संस्कृति तथा सामूहिक जीवनका मूल्य हस्तान्तरण गर्थे ।

गुरुङ समुदायका लागि रोधी मनोरञ्जनको थलो मात्र नभई सामाजिक शिक्षालय पनि थियो । समयसँगै आधुनिक जीवनशैली, वैदेशिक रोजगारी र बसाइसराइका कारण रोधी बस्ने चलन क्रमशः घट्दै गएको छ ।

रोधीले सिकाएको सामूहिकता, आत्मीयता र मौलिक संस्कृतिप्रतिको अपनत्व अहिले लमजुङको ग्रामीण पर्यटनको बलियो आधार बनेको छ । ‘होमस्टे’मार्फत यही सांस्कृतिक सम्पदालाई संरक्षण गर्दै गुरुङ समुदायले पर्यटनलाई आर्थिक समृद्धिको भरपर्दो माध्यमका रूपमा विकास गरिरहेका छन् ।

गुरुङ समुदायको उद्गमस्थल मानिने लमजुङमा मौलिक पहिचानलाई पर्यटनसँग जोड्ने अभियानले पछिल्ला वर्षमा उल्लेखनीय गति लिएको छ । उक्त समुदायको भाषा, वेशभूषा, कला, संस्कृति, परम्परा, स्थानीय खानपान, रहनसहन र आत्मीय आतिथ्यता अहिले स्वदेशी तथा विदेशी पर्यटकका प्रमुख आकर्षण बनेका छन् ।

गाउँमा सक्रिय आमा समूह, बाबा समूह, युवा क्लब, होमस्टे व्यवस्थापन समिति र स्थानीय पर्यटन समितिले संस्कृति संरक्षणसँगै पर्यटन प्रवर्द्धनलाई सँगसँगै अघि बढाइरहेका छन् । लमजुङमा ग्रामीण पर्यटनको सङ्गठित सुरुआत क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँबाट भएको मानिन्छ । विसं २०५७ मा महोत्सवसँगै सुरु गरिएको होमस्टे अभियान आज पर्यटनको परिचय बनेको छ । त्यसपछि भुजुङ, सिउरुङ, पसगाउँ, घनपोखरा, खासुर, राइनासकोट, काउलेपानी, इलामपोखरी, नाल्मा, छापामिम्प्रा, भुस्मे, घेर्मुलगायत गाउँमा पनि ग्रामीण पर्यटन विस्तार हुँदै गएको छ ।समुद्री सतहदेखि करिब दुई हजार १०० मिटर उचाइमा रहेको घलेगाउँ दक्षिण एसियाकै नमुना ग्रामीण पर्यटकीय गाउँका रूपमा परिचित छ । यहाँबाट अन्नपूर्ण, मनास्लु, लमजुङ र हिमालचुलीलगायत हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । परम्परागत गुरुङ बस्ती, स्थानीय परिकार, सांस्कृतिक प्रस्तुति र आत्मीय आतिथ्यले वर्षौंदेखि पर्यटकलाई आकर्षित गर्दै आएको छ ।

घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार होमस्टेले गाउँको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा उल्लेखनीय परिवर्तन ल्याएको छ । पर्यटनबाट स्थानीयको आम्दानी बढेको छ भने गाउँको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार भएको छ । होमस्टेले लोपोन्मुख संस्कार, संस्कृति, परम्परागत परिकार र सामुदायिक जीवनशैलीलाई संरक्षण गर्न महत्त्वपूर्ण भूमिका खेलेको उनी बताउँछन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

‘बालेनको पुलिस होइन, नेपाल पुलिस हो’ भनेका डीएसपी सोधपुछका लागि जिल्ला तानिए

सातै प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

यी स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

आँसु झार्दै विश्वकपबाट बाहिरिएका रोनाल्डो

चार दिन बित्यो, कर्णालीमा खसेको गाडीको छैन अत्तोपत्तो

मानव–वन्यजन्तु द्वन्द्वको स्थायी समाधानका लागि सरकार गम्भीर छ : मन्त्री गौतम

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

दक्षिण कोरियाले बढायो भिसा शुल्क

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL