प्रमुख समाचार Wednesday, 10 Jul, 2024
Prestige Media

संविधान संशोधन गर्न आयोग बनाउने सहमति नभएको ओली दाबी

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस–एमालेबीचको सातबुँदे सहमतिमा संविधान संशोधनको विषय नरहेको प्रस्ट पारेका छन्।
उनले संविधान कार्यान्वयन प्रक्रियामा आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने औंल्याए। एमाले पार्टी सचिवालय बैठकमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले नेपाली कांग्रेससँग पनि यसै विषयमा छलफल भएको तर संविधानका यी धारा र यी विषयमा परिवर्तन गर्ने भन्नेबारे कुनै सहमति नभएको जानकारी दिएका हुन्।
संविधान संशोधनका लागि आयोग बनाउने सहमति पनि नभएको उनले बताए। अध्यक्ष ओलीले एमाले र कांग्रेसबीचको समीकरण राजनीतिक स्थायित्व र विकासको लागि भएको उल्लेख गरे। एमाले र कांग्रेस मिलेर संविधान र व्यवस्था नै समाप्त पार्न लागेको भ्रामक प्रचारप्रति उनले आपत्ति जनाए।
प्रदेशहरूमा महिना–महिनामा सरकार फेरिने स्थिति बनेकामा पनि उनले चिन्ता व्यक्त गरे। अध्यक्ष ओलीको सचिवालयका अनुसार निजी र दलगत स्वार्थलाई केन्द्रमा राखेर गतिविधि सञ्चालन गर्ने, देशको विकास निर्माण र जनताका कामलाई केन्द्रमा नराख्ने र अस्थिरतामा रमाउने प्रवृत्तिविरुद्ध कांग्रेस–एमाले एक ठाउँमा आउनुपरेको उनले प्रस्ट पारे।
‘संविधान एउटा गतिशील दस्तावेज हो। समाजको पथ प्रदर्शक हो। समाजलाई डो¥याउने मूल कानुन हो। यो मूल कानुन समयानुकूल परिवर्तित, परिमार्जित हुँदै जानु उपयुक्त हुन्छ’, उनले भने, ‘त्यसैले कतिपय कुरामा संविधान संशोधन गर्नुपर्छ भनेको हो। त्यसबारे विस्तृतमा पछि छलफल हुनेछ।’ अहिले धेरै कुरा बजारमा आएको बताउँदै अध्यक्ष ओलीले कांग्रेससँग यस विषयमा डिटेलमा कुनै कुरा नभएको स्पष्ट पारे।

मन्त्रालय बाँडफाँट भएको छैन
अध्यक्ष ओलीले कांग्रेस र एमालेबीच मन्त्रालय बाँडफाँट पनि नभएको बताए। सरकारमा सबै दललाई स्थान दिने भन्ने विषयमा भने सहमति भएको उनले जानकारी दिए। उनले उत्पादन बढाउन नसक्ने हो भने आयात वृद्धि हुने र नेपाल परनिर्भर हुने बताए। सबै कुरा राष्ट्रिय उत्पादनमा निर्भर हुनेमा उनले जोड दिए।
उद्यमशीलता, कृषिमा आधारित उद्योग, व्यावसायिकता, आधुनिकीकरण र यान्त्रिकीकरणमा ध्यान दिनु, उत्पादनका लागि प्रविधिमा जोड दिनु आवश्यक भएको अध्यक्ष ओलीले बताए। ‘सडक, पूर्वाधार, विद्युत्, सञ्चारलगायत क्षेत्रमा आधारभूत काम भएका छन्। अब शिक्षालाई व्यवहारमुखी बनाउनेतर्फ लाग्नुपर्छ। कृषि क्षेत्रको विकासका लागि विशेष कार्यक्रम बनाउन आवश्यक छ’, अध्यक्ष ओलीले भने।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL