Exclusive News Thursday, 4 Apr, 2024
Prestige Media

नेपालमा लगानी भित्र्याउन अवरोध देखिएका कानुन संशोधन गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक समृद्धिका लागि बाधक ठानिँदै आएका लगानी भित्र्याउन अवरोध रहँदै आएका कानुन संशोधन गरिने बताएका छन्। आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनका लागि सरकारको प्रतिबद्धताअनुरूप कानुन संशोधनलाई प्राथमिकता दिइएको उनको भनाइ छ।

बिहीबार सिंहदरबारमा आयोजित लगानी बोर्डको ५७औं बैठकमा सहभागी प्रधानमन्त्री प्रचण्डले पूर्वाधार तथा सेवाक्षेत्रमा स्वदेशी र विदेशी लगानी भित्र्याउन अमिल्दा कानुन संशोधनलाई प्राथमिकता दिइएको बताएका हुन्। लगानीकर्ताले महसुस गर्ने गरी नेपालमा लगानी वातावरण छ भन्ने सन्देश दिन पनि अव्यावहारिक ऐन, कानुन संशोधन हुनुपर्ने उनले औंल्याए।
प्रधानमन्त्रीले भने, ‘लगानी सम्मेलनको पूर्वसन्ध्यामा बोर्ड बैठक गरिरहेका छौं। यो बेला हाम्रा संयन्त्रले नेपालमा लगानी अनुकूल अवस्था रहेको सन्देश दिन आवश्यक छ। सेवा प्रवाह स्पष्ट, छिटो–छरितो हुन आवश्यक छ। मन्त्रालय, विभाग र कार्यालय परिणाममुखी हुनुपर्छ। नेपालमा लगानी भित्र्याउन सरकारी कानुनी झमेला हटाउन सबै पक्षको साथ चाहिन्छ।’
यसका लागि सरकारी निकायको काम परिणाममुखी रहेछन् विषय लगानीकर्ताले थाहा पाउनैपर्ने आवश्यकता प्रधानमन्त्रीले औंल्याए।्बोर्ड अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले नेपालमा स्वदेशी, विदेशी लगानी भित्र्याउन र परिचालनलाई सहज बनाउन बाधा देखिने जुनसुकै संयन्त्र सुधारिनुपर्नेमा जोड दिए।
‘देशमा आर्थिक वृद्धि तथा रुपान्तरणका लागि पूर्वाधार निर्माण गरेर जनतामा आशाको सञ्चार जगाउनुपर्छ। राजनीतिप्रति चुलिएको निरासालाई आशामा बदल्ने काम पनि हामीले नै गर्ने हो। बोर्डबाट पास भइसकेपछि निर्णय परिणाममुखी बनाउने काममा सदस्यको स्वामित्व आवश्यक हुन्छ। जसरी हो आगामी लगानी सम्मेलनमा लगानीकर्तालाई सहज हुने बाटो खुलाउनुपर्छ,’ उनले भने।
उनले सार्वजनिक÷निजी साझेदारी वातावरण विकास गर्नुपर्नेमा जोड दिँदै सबै निकायले पिपिपी परियोजनालाई प्रभाव पार्न सक्ने हुँदा बोर्डका निर्णयलाई ध्यान दिन सुझाए।
प्रधानमन्त्रीले भने, ‘सार्वजनिक÷निजी साझेदारीका परियोजना फरक प्रकृतिका हुन्छन्। परियोजना विकास सम्झौतामा सरकारले पनि विभिन्न प्रतिबद्धता जाहेर गरेका हुन्छन्। परियोजनालाई प्रभाव पार्न सक्ने निर्णय तथा कार्यान्वयन पक्ष ढिए भए क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ। त्यसबाट देशलाई क्षति पुग्छ । त्यसैले यी विषयमा अतिरिक्त जिम्मेवारी बोध गर्नुस्।’
उनले सार्वजनिक÷निजी साझेदारीका परियोजना सञ्चालनका लागि सरकारी संयन्त्रका साथै प्रदेश र स्थानीय तहलाई समेत समावेश गरिनुपर्ने आवश्यकता औंल्याए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता, आजै स्वदेश फर्कने

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL