Exclusive News
Tuesday, 2 Apr, 2024
हत्या आरोपी माओवादी नेता कालीबहादुर खाम पक्राउ
काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन्। खाम व्यवसायी रामहरि श्रेष्ठको हत्या आरोपमा पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको हो। मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले खामलाई पक्राउ गरेको एसपी नवराज अधिकारीले पुष्टि गरे।
खाम माओवादीका राष्ट्रिय सुरक्षा विभाग सदस्यसमेत हुन्। व्यवसायी श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप खाममाथि लागेको छ। खाम माओवादी लडाकुका पूर्वडिभिजन कमान्डर थिए। खाम २०६५ वैशाख १५ मा व्यापारी श्रेष्ठको हत्या गरेपछि फरार हुँदै आएका थिए। व्यवसायी श्रेष्ठ हत्या आरोपमा पक्राउ परेका अर्का माओवादीका कमान्डर गोविन्दबहादुर बटाला राजनीतिक दबाबपछि रिहा भएका थिए। खाम श्रेष्ठ हत्या प्रकरणका प्रमुख योजनाकार भएको बताइन्छ।







