प्रमुख समाचार Friday, 29 Mar, 2024
Prestige Media

स्याङ्जाबाट विदेश रोजगारीमा गएर मृत्यु भएकाले पाए २ करोड क्षतिपूर्ति

स्याङ्जा–स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा मृतकका आफन्तले झन्डै दुई करोड क्षतिपूर्ति प्राप्त गरेका छन् । विशेषगरी वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवं शोषणरहित बनाउने सामी कार्यक्रमको मुख्य उद्देश्य रहेको सुरक्षित आप्रवासन कार्यक्रम ९सामी० का सूचना तथा परामर्शकर्ता कोपिल भुसालले बताए। चालु आर्थिक वर्षको साउनदेखि पुससम्म आप्रवासी स्रोत उपकेन्द्रमा नौ मृतकका आफन्तले क्षतिपूर्तिको सहजीकरणका लागि निवेदन दिएकामा प्रक्रिया पूरा गरी नौजनाकै समस्या समाधान गरिएको परामर्शकर्ता भुसालको भनाइ छ।
मृतकका आफन्तलाई एक करोड ७३ लाख ६ हजार क्षतिपूर्तिबापत रकम उपलब्ध गराइएको हो। त्यस्तैगरी, ठगीसम्बन्धी तीन समस्यामध्ये एउटा समाधान गरी सात लाख फिर्ता गराइएको होभने दुईजनाको प्रक्रियामा रहेको छ। पासपोर्ट होल्ड, भिसा चेक, परिवार तथा कामदार बिरामीजस्ता विभिन्न समस्यामा परेका १९ उजुरीमध्ये आप्रवासी स्रोत उपकेन्द्रमार्फत प्रक्रिया थाली पाँच वटा समाधान भएको उनले बताए। पाँचवटा समस्याको समाधान गर्दा दुई लाख पाँच हजार आर्थिक सहायता उपलब्ध गराइएको हो। बाँकी १४ वटा समस्या समाधानका लागि प्रक्रियामा रहेका छन्।
इलाका प्रशासन कार्यालय वालिङमा राहदानीका लागि आएका व्यक्तिले साउनदेखि पुससम्म सुरक्षित आप्रवासन कार्यक्रम ९सामी० बाट तीन हजार ५० जनाले परामर्श लिएका हुन्। सामी कार्यक्रममार्फत मुख्यगरी सीपयुक्त जनशक्तिको विकास, सूचनामा पहुँच, न्यायमा पहुँच, मनोसामाजिक परामर्श र वित्तीय साक्षरताका क्षेत्रमा काम गर्दै आइरहेको उनले बताए।
‘इलाका प्रशासन कार्यालय वालिङमा राहदानी बनाउन आएका व्यक्तिहरुको वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवं शोषणरिहत बनाउन सामी कार्यक्रममार्फत परामर्श दिन्छौँ’, उनले भने, ‘परामर्श लिएर वैदेशिक रोजगारीमा जाँदै गर्दा धेरै सहज भएको बुझाइ हाम्रो छ।’ आप्रवासी स्रोत केन्द्र वालिङमा परामर्श लिनेहरु दैनिकजसो आउने गरेका छन्। इलाका प्रशासन परिसरमै रहेको उक्त केन्द्रमार्फत परामर्श लिने बढ्दै गएका छन्। आप्रवासी स्रोत केन्द्रमा परामर्श लिनेमा छ महिनामा पुरुष एक हजार छ सय २२ र महिला एक हजार चार सय २८ रहेका उनले जानकारी दिए।
सबैभन्दा धेरै वालिङ नगरपालिकाका व्यक्तिहरुलाई परामर्श दिइएको छ। वालिङका कुल नौ सय ८६ जनाले परामर्श लिएका छन्।
यसैगरी, गल्याङ नगरपालिकाका ६ सय २८, चापाकोट नगरपालिकाका पाँच सय २७, कालीगण्डकी गाउँपालिकाका चार सय ३६, हरिनास गाउँपालिकाका एक सय ६२, भीरकोट नगरपालिकाका एक सय ६१, बिरुवा गाउँपालिकाका एक सय ४५, आँधीखोला गाउँपालिकाका दुई, पुतलीबजार नगरपालिका तथा फेदीखोला गाउँपालिका र अर्जुनचौपारी गाउँपालिकाका एक–एक जनालाई स्रोतकेन्द्रमार्फत परामर्श दिइएको हो।
नेपाल सरकार र स्विटजरल्यान्ड सरकारबीच द्विपक्षीय सम्झौता भई सामी कार्यक्रम सञ्चालनमा रहेको छ। वैदेशिक रोजगारमा रहेका नेपाली कामदार र तिनका परिवार राज्य संयन्त्रबाट संरक्षित तथा गन्तव्य मुलुकमा मर्यादित कार्य वातावरणबाट लाभान्वित हुने लक्ष्य यस कार्यक्रमले राखेको उनले बताए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL