Exclusive News Tuesday, 26 Mar, 2024
Prestige Media

उच्च रक्तचाप र मधुमेहका बिरामीलाई टोखा नगरपालिकाको ५ हजार आर्थिक सहयोग

काठमाडौं– टोखा नगरपालिकाले क्षेत्रका उच्च रक्तचाप र मधुमेहका बिरामीलाई ५ हजार नगद सहयोग गर्ने घोषणा गरेको छ।
नगरपालिकाले सोमबार सूचना निकालेर टोखा नगरपालिकाभित्र स्थायी बसोबास गर्ने ५० वर्षभन्दा माथिका नागरिकमध्ये विपन्न, एकल महिला, जनआन्दोलनका घाइते, दलित, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, सीमान्तकृत र लोपोन्मुख वर्गका बिरामीलाई आर्थिक सहयोग गर्ने जनाएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले उच्च रक्तचाप र मधुमेहका बिरामीलाई जनही ५ हजार नगद सहयोग गर्न लागिएको जानकारी दिए। औषधि सेवन गरेका बिरामीले नागरिकता, टोखा नगरपालिकाको स्थायी बासिन्दा भएको खुल्ने कागजात, चिकित्सकको ‘प्रेस्किप्सन’, औषधि खरिद गरेको बिल पेस गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत बिसीले बताए।
टोखा नगरपालिकाले ‘मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण’ कार्यक्रम पनि सुरु गरेको छ। नगरभित्रका ६० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गर्ने उद्देश्यले उक्त कार्यक्रम थालिएको प्रमुख प्रशासकीय अधिकृत बिसीको भनाइ छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

कांग्रेसको प्रश्न- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कि गोरखापत्रमै पढ्ने प्रधानमन्त्रीज्यू?

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

प्रधानमन्त्रीको शपथ ग्रहणमा सांस्कृतिक विविधता: मिथिला आर्टदेखि सिलाम साक्मा

अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

लोकतन्त्रमा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

शीर्ष नेताले कहाँबाट गर्दैछन् मतदान ?

काठमाडौं बिहान ८:३०देखि कर्फु

घिउकुमारीका यती धेरै फाइदा आज सम्म कसैलाई थाहा छैन

जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुन्छ : अध्यक्ष लिङ्देन

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रविरुद्ध ४ कसुरमा मुद्दा दर्ता

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL