िसुन तस्करी प्रकरणः माओवादी उपाध्यक्ष महरा हाजिरी जमानीमा छुटे
काठमाडौं। सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन्। पूर्वसभामुख एवं पूर्वअर्थमन्त्रीसमेत रहेका महरा आज महरालाई उनका छोरा निर्मलको जिम्मामा हाजिरी जमानीमा छाडिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए। सीआईबी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको टोलीले महराको आज बयान सकिएपछि उनलाई हाजिरी जमानीमा रिहा गरिएको हो।
यसअघि आजै ब्यूरोका प्रवक्ता बोगटीले जिल्ला सरकारी वकिल कार्यालय र ब्यूरो टोलीले पूर्वसभामुख महराको बयान सकिएको जानकारी दिएको थियो। महरालाई गत सोमबार कपिलवस्तुबाट नेपाल प्रहरीले पक्राउ गरी काठमाडौं ल्याएको थियो। महरालाई जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको थियो। सुनको अवैध तस्करी एवं नियन्त्रण सम्बन्धमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठित आयोगले महराविरुद्ध मुद्दा चलाउनुपर्ने सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा सीआईबीले महरालाई पक्राउ गरेको थियो।







