Exclusive News Thursday, 21 Mar, 2024
Prestige Media

बाँसबारी जग्गा हिनामिना प्रकरणमा विनोद चौधरीसँग सिआइबीले लियो बयान

काठमाडौं–बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा उद्योगपति एवं कांग्रेस सांसद विनोद चौधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबीले० बयान लिएको छ। सरकारी जग्गा हिनामिना गरेको आशंकामा सिआइबीले चौधरीमाथि अनुसन्धान थालेको संसद् सचिवालयमार्फत सभामुख देवराज घिमिरेलाई जानकारी गराएसँगै आज बयान लिएको हो। जिल्ला सरकारी वकिल कार्यालयमा चौधरीसँग बयान लिन लिइएको सिआइबी प्रमुख श्यामलाल ज्ञवालीले बताए।
प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले चौधरीलाई भाग्ने र प्रमाण नष्ट गर्ने अवस्था नरहेकाले पक्राउ नगरी सीधै बयान लिइएको जानकारी दिए।
बाँसबारीको छालाजुत्ता कारखानाको १० रोपनी जग्गा प्रकरणमा चौधरीसँग बयान लिइएको सिआइबीका एसपी होविन्द्र बोगटीले बताए। यसअघि बुधबार सिआइबीले चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै सभामुख देवराज घिमिरेलाई पत्र लेखेको थियो। काठमाडौंको बाँसबारीमा रहेको १० रोपनी सरकारी जग्गाको कागजात कीर्ते गरी निजी बनाएको भन्दै सिआइबीले छानबिन गरिरहेको छ।
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अनियमिततामा सिआइबीले व्यवसायी अरुण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ मा पक्राउ गरेको थियो। सोही प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विनोद चौधरीमाथि पनि छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका थिए। सीआईबीले बयान लिएपछि कांग्रेसका सांसदसमेत रहेका उद्योगी चौधरीले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा प्रकरणमा राजनीतिक स्टन्ट गरिएको आरोप लगाएका छन्।
सीआईबीलाई बयान दिएपछि सांसद चौधरीले आफूमाथि राजनीतीकरण गरिएको पत्रकारसँग बताए। ‘उद्यमलाई राजनीतीकरण गर्ने, उद्यमीलाई राजनीतीकरण गर्ने, लगानीकर्ता र ट्याक्स पेयरलाई राजनीतीकरण गर्ने कुरा प्रस्टसँग देखियो,’ चौधरीले भने। उद्यमी र निजी क्षेत्रलाई राजनीतिक स्टन्टका गतिविधिबाट टाढा राख्नुपर्ने सुझाव उनले दिए। उनले भने, ‘सीआईबी कार्यालयमा उभिएर पत्रकारलाई यो कुरा भनिरहँदा नेपाल र विश्वभरका युवाले, नेपालका रोजगारदाताले, करदातालाई जाने सन्देशप्रति पनि राज्यले ख्याल गर्नुपर्ने हो। उद्यमी राजनीतिक स्टन्टबाट परै हुन्छन् भन्ने कुरा बुझ्नुपर्छ। मेरो ४५ वर्षको यात्रापछि आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु छैन। जग्गा प्रकरणमा मेरो कुनै संलग्नता छैन।’
नवलपरासी पश्चिमबाट प्रत्यक्ष निर्वाचित सांसद भएकाले सोही भूमिका रहेर काम गरिरहने उनले प्रस्ट पारे। उद्यमी चौधरीसँग बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिनाबारे सोधपुछ गरिएको सीआईबीका एसपी होविन्द्र बोगटीले पुष्टि गरे। काठमाडौंको बाँसबारीमा रहेको १० रोपनी सरकारी जग्गाको कागजात कीर्ते गरी निजी बनाएको भन्दै सीआईबीले छानबिन गरिरहेको छ। सीआईबीले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अनियमिता प्रकरणमा अरुण चौधरी, कारखानाका तत्कालीन कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ मा पक्राउ गरेको थियो। अदालतको आदेशपछि अरुण रिहा भइसकेका छन्।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL