Exclusive News
Tuesday, 12 Mar, 2024
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुँदै
काठमाडौं–राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज भइरहेको छ । निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना फागुन २० मा कार्यकाल सकेर बिदा भएपछि यो पदमा आज निर्वाचन हुन लागेको हो।
बिहान ११ः९ बजेदेखि बसिरहेको राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन भइरहेको संघीय संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको अध्यक्षका लागि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका तर्फबाट २ जना प्रतिस्पर्धामा छन्।







