Exclusive News
Tuesday, 12 Mar, 2024
रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
काठमाडौं–रवि लामिछाने नेतृत्वको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ। आज बसेको रास्वपा रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदलाई ह्वीप जारी गरेको हो।
अघिल्लो सोमबार रास्वपा नयाँ गठबन्धन बनेसँगै सरकारमा सामेल भएको थियो। प्रधानमन्त्री दाहालले बुधबार प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी छ। प्रतिनिधिसभामा रास्वपाका २१ सांसद छन्। सरकारमा उपप्रधानसहित चार मन्त्रालय रास्वपाको भागमा परेको छ। सभापति रवि लामिछाने उपप्रधान तथा गृह, उपसभापति डोलप्रसाल अर्याल (डिपी) श्रम, उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सांसद सुमना श्रेष्ठ शिक्षा मन्त्री छन्।







