माधव नेपाललाई मनाउन सिंहदरबारमा त्रिपक्षीय छलफल
काठमाडौं– लिखित सहमति नहुन्जेल सरकारलाई विश्वासको मत नदिने अडानमा रहेको सत्तारुढ नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई फकाउन सिंहदबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबीच त्रिपक्षीय वार्ता भइरहेको छ।
प्रचण्ड र ओलीले नेता नेपाललाई मनाउन वार्ता गरिरहेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, प्रधानमन्त्रीले बुधबार संघीय संसद्मा लिन लागेको विश्वासको मत, आजका लागि तय भएको राष्ट्रिय सभा अध्यक्षको निर्वाचनलगायतका विषयमा छलफल भएको थियो।
प्रधामन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाका अनुसार गठबन्धनमा आबद्ध दलहरुबीच राष्ट्रिय विषयमा समान धारणा बनाएर जाने विषयमा प्रधानमन्त्रीले अध्यक्ष ओली र अध्यक्ष नेपालसँग छलफल गरेका हुन्। फागुन २१ मा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ गठबन्धन बनाउने सहमति भएको थियो। सत्ता गठबन्धनमा एकीकृत समाजवादी पनि समावेश भएको छ।
सत्तागठबन्धन दलहरुबीच यसअघि भएको आठ बुँदे सहमतिका आधारमा समाजवादी पनि थपिएको सन्दर्भमा आवश्यक निर्णयका लागि छलफल भएको हो।







