Exclusive News Wednesday, 6 Mar, 2024
Prestige Media

सुनसान सिंहदरबार, संसद्को कार्यसूची प्रभावित

काठमाडौं। सत्ता गठबन्धनमा हेरफेर भई मन्त्रिमण्डल विस्तार जारी रहेकाले चलिरहँदा मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल कम भएको छ। राजनीतिक भेटघाट र वार्ता प्रधानमन्त्री निवास बालुवाटार, विभिन्न पार्टीका कार्यालय र शीर्ष नेताका निवासमा बढेपछि सिंहदरबारमा प्रायः लाग्ने भीडभाड पातलिएको छ। अन्य समयमा सिंहदरबार छिर्ने ढोकामा कार्यालय आउने र जाने समयमा प्रवेश पास जाँच गर्न सुरक्षाकर्मीलाई भ्याइनभ्याइ हुने गरेकामा त्यो भिड अहिले कम भएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा विभागीयमन्त्री नहुँदा भेटघाट तथा नीतिगत निर्णय नहुने भएकाले चहलपहल कम भएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले राजनीतिक हेरफेर र विभागीयमन्त्री नभएका कारण नीतिगत निर्णय हाल नभएको बताए।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ मा नेपाली कांग्रेससमेतको गठबन्धन तोडेर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसँग सहयात्रा आरम्भ गरेका थिए। नयाँ गठबन्धन निर्माण भएसँगै तीन पार्टीका तर्फबाट तीन मन्त्री नियुक्त भए पनि मन्त्रालयको कार्यभार तोकिएको छैन।

संसद्को कार्यसूची प्रभावित
सत्ता गठबन्धनमा हेरफेरसँगै संघीय संसद्का कार्यतालिका पनि प्रभावित भएका छन्। फागुन २१ को प्रतिनिधिसभा र राष्ट्रिय सभा ठक सूचना टाँसेर स्थगन भई फागुन २४ बिहीबारका लागि निर्धारण गरिएको छ। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बिहीबारको बैठकका विषयमा सम्बन्धित पक्षसँग छलफल भइरहेको बताए। विभागीयमन्त्री नहुँदा अहिले संसदीय समितिका बैठक पनि प्रभावित भएका छन्। सार्वजनिक लेखा समितिको उपसमितिको बैठक भने बसिरहेको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL