प्रमुख समाचार Wednesday, 21 Feb, 2024
Prestige Media

राप्रपाले प्रधानमन्त्रीलाई बुझायो ४० बुँदे माग

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर राप्रपाले प्रधानमन्त्रीलाई मागपत्र बुझाएको हो।
राप्रपाले प्रदेश संरचना खारेजी, भ्रष्टाचार नियन्त्रण, बैंक तथा वित्तीय संस्थाबाट लिइँदै आएको मनलाग्दी ब्याज नियन्त्रण, सुशासन प्रत्याभूति, राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनालगायत ४० बुँदे माग सरकारलाई बुझाएको छ।
राप्रपाले बुझाएका माग सम्बोधन नभए सडक आन्दोलनमा जाने निर्णय पदाधिकारी बैठकले गरेको अध्यक्ष लिङ्देनले बताए।
मागपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले सरकारले ललिता निवास प्रकरण, सुन तस्करी, भ्रष्टाचार नियन्त्रणलगायतलाई प्राथमिकतामा राखेर काम गरिरहेको र केही विषय टुंगो लागेकाले संघर्षका कार्यक्रम शान्तिपूर्ण गर्न आग्रह गरेका थिए।
‘राप्रपाले आफ्ना मुद्दा लिएर संघर्ष जाने निर्णय गरेकामा मेरो भन्नु केही छैन। संघर्ष कार्यक्रम शान्तिपूर्ण होस्, हामी शान्ति प्रक्रिया टुंगाउन पहल गरिरहेका छौं। त्यसमा सकारात्मक सहयोग रहोस्’, प्रधानमन्त्रीले भने।
राप्रपाले भृकुटीमण्डपमा विरोधसभा आयोजना गरेको छ। विरोधसभाअघि भृकुटीमण्डपबाट भद्रकाली, सुन्धारा, वीर हस्पिटल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपसम्म ¥याली गरेको हो।
राप्रपाले धर्मान्तरणमा तत्काल रोक लगाउन, प्रदेशको खारेजी र दुई तहको सरकार हुनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने, कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी हुन नहुनेलगायत विषय ४० बुँदेमा समेटिएका छन्।
राप्रपाको पूर्वनिर्णयअनुसार आजै सबै जिल्लाबाट प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइनेछ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL