राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुँदै
काठमाडौं– राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ मा गर्ने तयारी भएको छ।
राष्ट्रिय सभाले तयार पारेको सम्भावित कार्यसूचीअनुसार फागुन २९ मा राष्ट्रिय सभा अध्यक्षको चुनाव हुनेछ।
राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श शाखाले तयार पारेको सम्भावित कार्यतालिकाअनुसार माघ २२, २४, २८ र २९ मा अध्यक्षको चुनावसम्बन्धी बैठक बस्नेछ।
फागुनमा ५, ११, १४, १७ गते, १८, २१, २७, २९ र ३० मा बैठक बस्नेछ।
गत माघ ११ मा रिक्त १९ सदस्यका लागि राष्ट्रिय सभा चुनाव भएको थियो।
कांग्रेसका १०, नेकपा (माओवादी केन्द्र) का ५, नेकपा (एकीकृत समाजवादी) का २, जसपाका १ र नेकपा (एमाले) का १ जना निर्वाचित भएका थिए।
यससँगै राष्ट्रिय सभामा माओवादी १७ सांसदसहित ठूलो दल बनेको छ।
१६ सांसदसहित कांग्रेस दोस्रो, १० सांसदसहित एमाले तेस्रो र ८ सांसदसहित एकीकृत समाजवादी चौथो दल बनेको छ।
राष्ट्रिय सभा अध्यक्ष पनि संवैधानिक परिषद्मा सदस्य रहने व्यवस्था छ।







