प्रमुख समाचार Tuesday, 30 Jan, 2024
Prestige Media

लगानी सम्मेलनअघि दर्जन कानुन बदल्न कार्यदलको सुझाव

काठमाडौं– तेस्रो लगानी सम्मेलनका लागि कानुनी सुधारको सिफारिस गर्न गठित कार्यदलले विभिन्न एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको छ। सरकारले आगामी आगामी वैशाख १६ र १७ मा काठमाडौंमा तेस्रो संस्करणको लगानी सम्मेलन गर्ने घोषणा भइसकेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आर्थिक तथा पूर्वाधार क्षेत्रको जिम्मेवारीमा रहेको सचिव एकनारायण अर्यालको संयोजकत्वमा गठित सुझाव कार्यदलले सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालसमक्ष प्रतिवेदनसहितको सुझाव पेस गरेको हो।
मुलुकमा स्वदेशी एवं विदेशी लगानी आकर्षित गर्न एक दर्जन कानुन र नियमावलीमा संशोधन प्रस्तावसहित कार्यदलले मुख्यसचिव अर्याललाई सुझाव पेस गरेको छ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ र वन नियमावली, २०७९ मा पनि संशोधन आवश्यकता औंल्याइएको छ।
यस्तै, भूमिसम्बन्धी ऐन २०२१, जग्गा प्राप्ति ऐन २०३४, वातावरण संरक्षण ऐन २०७६, विद्युतीय कारोबार ऐन २०६३, नागरिक उड्डयन ऐन २०५३ का व्यवस्थामा पनि संशोधन गर्न सुझाव दिइएको छ।
यसैगरी औद्योगिक व्यवसाय ऐन २०७६, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, विशेष आर्थिक क्षेत्र ऐन २०७३, वन ऐन २०७६, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ लगायत ऐनका व्यवस्था संशोधनको सुझाव दिइएको छ।
स्वदेशी तथा विदेशी लगानीकर्तालाई सहजीकरण गर्न संशोधन गर्नुपर्ने कानुनलाई मन्त्रिपरिषद्बाट निर्णयपछि केही नेपाल ऐनलाई संधोधन गर्न बनेको विधेयकमार्फत संसद्मा लैजाने तयारी छ।
सुझाव कार्यदलमा निजी क्षेत्रका छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघलगायतको पनि प्रतिनिधित्व थियो। ‘स्वदेशी एवं विदेशी लगानी बढ्न नसक्नुमा नीतिगत समस्या मुख्य कारण हो’, समिति सदस्य एवं उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले भने, ‘नीतिगत सुधारका लागि पेस भएको संसोधन प्रस्ताव पारित भई कार्यान्वयन भए स्वदेशी एवं विदेशी निजी क्षेत्र आकर्षित हुने अपेक्षा गर्न सकिन्छ।’
नेपालमा विदेशी लगानी अपेक्षित आउन सकिरहेको अवस्था छैन भन्दै यसका कारण के के हुन् भनेर पत्ता लगाई निजी क्षेत्रले ती समस्या समाधानका लागि आवश्यक कानुन संशोधन गर्न विगतदेखि नै सुझाव दिएको र प्रस्तावित कानुनको संशोधनबाट वैदेशिक लगानीको वातावरण बन्ने अपेक्षा गरिएको अध्यक्ष ढकालले बताए।
लगानी सम्मेलनलाई लक्षित गरी कानुनी सुधारको सुझाव पेस गर्न निजी क्षेत्रको सहभागितामा सरकारले यो कार्यदल बनाएको थियो। लगानी प्रोत्साहित गर्न अहिले यो कार्यदललाई निरन्तरता दिनुपर्ने सुझाव पनि निजी क्षेत्रले दिएको छ।
कार्यदलमा विभिन्न विषयगत मन्त्रालय र लगानी बोर्डका सहसचिव एवं अधिकारी सदस्य छन्।
नेपालमा लगानीका लागि के–कस्ता कानुनी बाधा अड्चन छन् भनेर पहिचान गर्ने र त्यसलाई फुकाउन ऐन तथा नियमावलीमा संशोधनको सुझाव दिइएको लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले बताए। कार्यान्वयन समितले थप स्पष्टतासहित निर्देशक समितिमा छलफलका लागि लैजानेछ।
सरकारले लगानी सम्मेलन आयोजना गर्न अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा प्राविधिक समिति र बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा सचिवालय गठन गरी काम अगाडि बढाएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL