प्रमुख समाचार Sunday, 28 Jan, 2024
Prestige Media

कांग्रेस नेताहरू ‘समुदायमा कांग्रेस’अभियानका लागि जिल्ला खटिए, गगनको छुट्टै मिसन
गोकुल अर्याल

काठमाडौं– सत्तारुढ कांग्रेसले पार्टी संगठनलाई मजबुत बनाउन केन्द्रीय नेताहरूलाई जिल्ला खटाएको छ।
कांग्रेसले जिल्ला र स्थानीय तहमा पार्टी कार्यकर्ताको असन्तुष्टि, संगठन निर्माणलगायतमा भइरहेको कार्यप्रगति बुझ्न केन्द्रीय नेता र प्रतिनिधिलाई जिल्ला खटाएको हो। केन्द्रीय प्रतिनिधि यसअघि नै जिम्मेवारी पाएर जिल्ला दौडिइसकेका छन्।
कांग्रेसले केन्द्रीय नेतालाई माघ १६ भित्रै तोकिएको आ–आफ्नो जिल्ला पुगिसक्न आग्रह गरेको छ।
माघ १३ देखि सुरु भएको समुदायमा कांग्रेस अभियान माघ २६ सम्म चलाइनेछ। माघ १६ मा नेता तथा कार्यकर्तालाई आफू क्रियाशील सदस्य रहेको वडामा अनिवार्य जानुपर्ने र श्रम गर्न कांग्रेसले निर्देशन दिएको छ।
अभियानलाई प्रभावकारी बनाउँदै फरक–फरक जिल्लामा फरक–फरक समुदायको बीचमा पुग्न र संवाद गर्न केन्द्रीय नेताहरूलाई पनि जिल्लामा खटाइएको कांग्रेस मुख्यालयले प्रस्ट पारेको छ।
टोलीमा केन्द्रीय नेताहरूसँगै प्रदेशले तोकेका पदाधिकारी पनि रहनेछन्। तोकिएका जिल्लामा भिन्न–भिन्न समुदायका बीचमा भ्रमण, भेटघाट र छलफलको संयोजन पार्टी जिल्ला कार्यसमितिले गर्ने व्यवस्था मिलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
केही हिमाली जिल्ला र भूकम्प प्रभावित जिल्लामा अभियानअन्तर्गत केन्द्रीय नेता परिचालन नगरिएको उनको भनाइ छ।

कांग्रेसले कोसी प्रदेशमा नेता शेखर कोइरालालाई झापा र सुनसरी हेर्ने गरी खटाएको छ।
यस्तै, नारायण खड्कालाई संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा हेर्ने जिम्मा दिइएको छ।
बलबहादुर केसीले मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर हेर्ने जिम्मा पाएका छन्।
यस्तै, प्रकाशमान सिंहलाई मधेस प्रदेशको महोत्तरी, सिराहा, सप्तरी र धनुषा, बागमतीको सिन्धुली र मकवानपुर हेर्ने जिम्मेवारी तोकिएको छ।
कांग्रेसले नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’लाई बारा, पर्सा, रौतहट र सर्लाही खटाएको छ। मीनेन्द्र रिजाललाई काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा हेर्ने जिम्मेवारी दिइएको छ।
पुष्पा भुसालले ललितपुर, भक्तपुर, रामेछाप र दोलखाको जिम्मेवारी पाएकी छन्।
महेन्द्र यादवलाई तनहुँ, लमजुङ, गोरखा, पर्वत र नवलपुर खटाइएको कांग्रेसले बताएको छ।
यस्तै, प्रदीप पौडेललाई कास्की, स्याङ्जा, म्याग्दी र बागलुङको अभिभारा सुम्पिइएको छ।
नेता विमलेन्द्र निधिले रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा हेर्ने जिम्मा पाएका छन्।
डिला संग्रौलालाई कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्यूठान र नवलपरासी पठाइएको छ।
बीपीपुत्र शशांक कोइरालालाई दैलेख, सल्यान र सुर्खेत खटाइएको छ। भीष्मराज आङ्देम्बेले कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र कञ्चनपुर हेर्ने जिम्मा पाएका छन्।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL