Exclusive News Friday, 26 Jan, 2024
Prestige Media

भ्रष्टाचार आरोपमा १३ जनाविरुद्ध विशेष अदालत पुग्यो अख्तियार

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा १३ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
आयोगले डोल्पाको मुड्केचुला गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, डोल्पाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, इन्जिनियर देवराज रावत, सब–इन्जिनियर दिप नारायण यादवसहित आठ जनाविरुद्ध सडक निर्माणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतलमा आरोपपत्र दायर गरेको हो ।
आयोगले सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजका ललिताकुमारी साहसमेत पाँच जनाविरुद्ध आजै आरोपपत्र दायर गरेको छ।
अभियुक्तले खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानिटरी प्याड खरिद गरेर १७ लाखभन्दा बढी रकम हिनामिना गरेकाले उनीहरूविरुद्ध आयोगले मुद्दा दायर गरेको हो।
यसैगरी, डोल्पा मुड्केचुला गाउँपालिका–८ स्थित घुम्चो खोलादेखि महादेवसम्म सडक निर्माण योजनामा उपभोक्ता समिति र गाउँपालिकाबीच सम्झौता भई सम्झौताबमोजिम स्वीकृत गरेअनुसारको लागत अनुमान बमोजिम कार्य नगरी कम काम गरेर अधिक गरेको प्राविधिक मूल्यांकन गराई भ्रष्टाचार गरेकाले निजहरूमाथि कैद र जरिमाना सजायको माग गरिएको छ।
उनीहरूले ११ लाख भ्रष्टाचार गरेको अख्तियारले विज्ञप्ति निकालेर बताएको छ।
अनियमितताका दुवै घटनामा गाउँपालिकालाई हानिनोक्सानी पु¥याउने बद्नियतले देखिएकाले आरोपितलाई कैद र बिगो बमोजिम जरिमाना गरी बिगो असुल उपर हुन मागदाबी लिइएको आयोगले जनाएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

दक्षिण कोरियाले बढायो भिसा शुल्क

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL