प्रमुख समाचार
Friday, 5 Jan, 2024
बालकोट पुगेर रविले भेटे एमाले अध्यक्ष ओली
काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका छन्।
शुक्रबार अध्यक्ष ओलीलाई भेट्न सभापति लामिछाने ओली निवास बालकोट पुगेका हुन् ।
अध्यक्ष ओली र सभापति लामिछानेबीच भेटवार्ता भए पनि के विषयमा कुराकानी भएको हो भन्नेबारे बाहिर सार्वजनिक भइसकेको छैन।







