Exclusive News
Thursday, 4 Jan, 2024
नेपाल–भारत संयुक्त आयोगको बैठक, द्विपक्षीय सहकार्यबारे समीक्षा
काठमाडौं- नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक सुरु भएको छ।
काठमाडौंको याक एन्ड यती होटलमा जारी बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा. एस जयशंकरले आ–आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन्।
बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा समीक्षा र छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भारतीय विदेशमन्त्री डा. जयशंकर दुई दिने भ्रमणका क्रममा आज नेपाल आइपुगेका छन्।
तीन वर्षपछि हुन लागेको बैठकमा विद्युत्, व्यापार,आपसी सीमा समस्या, हवाई रुटलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
बैठक सुरु हुनुअघि नेपाल र भारतबीच दीर्घकालीन व्यापार विद्युत् सम्झौतामा हस्ताक्षर भएको थियो।







