प्रमुख समाचार
Wednesday, 3 Jan, 2024
गृह प्रशासन सुधार्न पूर्वमुख्यसचिव नेतृत्वको समितिबाट सुझाव माग
काठमाडौं–गृह मन्त्रालय र अन्तर्गतका निकायको कार्य सम्पादनमा प्रभावकारिता ल्याउन गर्नुपर्ने सुधारका उपाय पहिचान गर्न गठित पूर्वमुख्यसचिव नेतृत्वको समितिले सुझाव मागेको छ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ४ मंसिरमा पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेका थिए।
समितिले सुझाव माग्दै सार्वजनिक सूचना प्रकाशन गरेको हो। गृह प्रशासनअन्तर्गतका निकायको कार्य सम्पादन सुधार र क्षमता विकाशको लागि आफ्ना अमूल्य सुझाव दिन समितिले भनेको छ। अध्ययन समितिले चार वटा उप–समिति गठन गरेको छ।
स्थानीय प्रशासन सुधार, सशस्त्र प्रहरी सुधार, नेपाल प्रहरी सुधार र अध्यागमन व्यवस्थापन सुधार कसरी गर्न सकिन्छ भन्नेबारे सुझाव दिन समितिले आग्रह गरेको छ।







