प्रमुख समाचार
Friday, 22 Dec, 2023
नारायणगढदेखि बुटवलसम्म हिँडेरै रास्वपाको दबाब यात्रा
रास्वपाले नारायणगढ बुटवल सडकखण्डको स्तरोन्नति पछिल्लो पटक निर्धारित समयमै सक्न दबाब दिने र सो सडक खण्डमा यात्रा गर्दा नागरिकले बेहोर्नुपरेको सास्ती र हैरानीप्रति ध्यानाकर्षण गराउने बताएको छ ।
यात्राको नेतृत्व रास्वपा सभापति रवि लामिछानेले गर्नेछन्। यस्तै, सांसद निशा डाँगी, शिव नेपाली, सह–कोषाध्यक्ष दीपक बोहरासहितका नेताहरू सहभागी हुने बताइएको छ। रास्वपाले सर्वसाधारणलाई पनि यात्रामा सहभागी हुन आह्वान गरेको छ ।







