प्रमुख समाचार
Wednesday, 20 Dec, 2023
सर्वोच्चमा प्रस्तावित ६ न्यायाधीश नियुक्तिको फैसला हुँदै
काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा रिक्त ६ न्यायाधीश नियुक्तिका लागि आज निर्णय सुनाउने भएको छ ।
न्याय परिषद्ले सर्वोच्चको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेपछि सुनुवाइ समितिमा पठाइएको थियो ।
प्रस्तावित ६ न्यायाधीशमाथि गत शुक्रबारदेखि सुरु भएको सुनुवाइ सोमबार सकिएकाले आज नाम अनुमोदनको अन्तिम निर्णय हुने भएको हो ।
निर्णयका लागि अहिले बिहान ११ बजे सुनुवाइ समितिको बैठक बस्दै छ । समितिले उनीहरूको नाम अनुमोदन गर्ने निर्णय गरे राष्ट्रपतिबाट सपथ गराएर सर्वोच्चको न्यायाधीशका रूपमा कामकाज थाल्नेछन् ।







