Exclusive News Wednesday, 20 Dec, 2023
Prestige Media

एकै दिन बस्दै पाँच वटा संसदीय समिति बैठक

काठमाडौं– आज एकै दिन ५ वटा संसदीय समितिका बैठक बोलाइएको छ । पाँचमध्ये संसदीय सुनुवाइ समितिको बैठक सर्वोच्च अदालतमा प्रस्तावित ६ न्यायाधीश नियुक्तिको छिनोफानो गर्न बिहान ११ बजे बस्नेछ ।
यस्तै बिहान साढे ११ बजे नै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २५ अनुसार गठित केन्द्रीय बजार अनुगमन समितिबाट उपभोक्ताको हक, हित संरक्षणका लागि वस्तु वा सेवाको आपूर्ति व्यवस्था, मूल्य, गुणस्तरलगायत बारेमा हालसम्म भएका कामकारबाही सम्बन्धमा केन्द्रीय बजार अनुगमन समितिसँग छलफल हुनेछ ।
बिहान साढे ११ बजे नै राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा काठमाडौं–तराई मधेस दु्रत मार्ग (फास्ट ट्र«याक) सम्बन्धमा, दार्चुलामा नेपाली सेनाले निर्माण गरिरहेको तुसर पानी–कोठेधार–तिंकर सडक सम्बन्धमा छलफल हुने कार्यतालिका तय गरिएको छ ।
त्यस्तै, साढे १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुनेछ । बिहान ११ बजे नै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा सरकारी आश्वासन कार्यान्वयन सम्बन्धमा सहरी विकास मन्त्रीसँग छलफल हुने बताइएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

दक्षिण कोरियाले बढायो भिसा शुल्क

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL