प्रमुख समाचार Monday, 16 Oct, 2023
Prestige Media

माओवादीका पूर्वलडाकु यमबहादुरलाई भावी प्रधानसेनापति बनाउने कुरा गलतः रक्षामन्त्री खड्का

काठमाडौं–तत्कालीन माओवादी र सरकारबीचको शान्ति सम्झौतापछि नेपाली सेनाको उपल्लो दर्जामा समायोजन भएका यमबहादुर अधिकारी यतिबेला चर्चामा छन्।

हाल नेपाली सेनाको सहायक रथी रहेका यमबहादुरको फेरि म्याद थपिएपछि रक्षामन्त्री पूर्णबहादुर खड्काको विरोध भइरहेको छ।तर, रक्षामन्त्री खड्काले हाल सेनामा रथी रहेका यमबहादुरलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भ जोडेर गलत प्रचार गरिएको बताएका छन्।
आज काठमाडौंमा आयोजित पत्रकार महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार मात्रै सहायक रथी अधिकारीलाई तीन वर्ष पदावधि थपिएको स्पष्ट पारेका हुन्।

उनले भने, ‘अहिले केही सञ्चार माध्यममा गलत सूचना प्रेसित गरेर माओवादीका पूर्वलडाकुसमेत रहेका अधिकारीलाई नेपाली सेनाको भावी प्रधानसेनापति बनाइने चर्चा चलाइएको छ। यो सरासर झुट हो।’

सेनाको सहायक रथीको बढुवाको सन्दर्भ जोडेर र म्याद थपको विषयलाई लिएर आफूमाथि आरोप लगाइएको उनको गुनासो छ।
‘यमबहादुरलाई २०७६ को सरकारले अतिरिक्त सहायक रथीको पद सिर्जना गरेर बढुवा गरेको थियो। सहायक रथीको पदावधि सात वर्षको हुन्छ। नेपाली सेनाको नियम प्रक्रियाअनुसार चार वर्ष पुग्दा हामी सरकारमा गयौं। उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार अहिले म्याद थपिएको हो’, उनले भने।

सेनामा बढुवा गरिँदा सैनिक बोर्डले सम्बन्धित अधिकृतको आफ्नो कार्यकालको भूमिका प्रभावकारिताको मूल्यांकन गरी बढुवाका लागि सिफारिस गर्ने उनले बताए। प्रधानसेनापतिले सिफारिसको आधारमा रक्षा मन्त्रालयमा सिफारिस पठाउने र त्यसपछि मन्त्रिपरिषद्मा गएर एक पटकलाई पदावधि थपिने प्रचलनअनुसार यमप्रसादको अहिले तीन वर्षका लागि म्याद थपिएको उनले स्पष्ट पारे।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL