Monday, 9 Oct, 2023
Prestige Media

इजरायलमा १० विद्यार्थी मारिएपछि सुदूरपश्चिम विश्वविद्यालय शोकमा, पठनपाठन बन्द

विश्वविद्यालयको कृषि विज्ञानतर्फ स्नातक तहको अन्तिम सेमिस्टारका ४९ विद्यार्थीमध्ये ३५ जना लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल पुगेकामा १० जनाको मृत्यु भएको हो।
कैलाली–‘अहिले यहाँ (इजरायलमा) कति बेला के हुन्छ, केही आत्तोपत्तो छैन। हामीहरु शनिबारदेखि बंकरमा लुकेर ज्यान जोगाउन बाध्य छौं। यहाँ सोचेजस्तो सहज केही पनि छैन। कति बेला अकासमा कालो धुँवाको मुस्लो उठ्छ, थाहै हुँदैन। निकै त्रसित माहोल छ मिसाइल कति बेला कताबाट आयो पत्तो पाइँदैन’, इजरायलमा रहेका कैलालीको टीकापुरका निश्चल पाण्डेले पठाएको म्यासेज हो, यो।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायबाट ‘अर्न एन्ड लर्न कार्यक्रम’मार्फत इजरायल पुगेका पाण्डेले भनेका छ, ‘साइरनको त्यो ठूलो आवाजले सातो जान्छ। अकासमा हेलिकोप्टर र फाइटर जेट निरन्तर उडिरहेका छन्। बंकरमा पनि सोचें जस्तै सहज केही छैन। न खाना न पानी अनि त्यो चिसो भूइँमा त्रासैत्रासमा बिताउनुको पीडाले नर्कमा भएको अनुभूति भएको छ। आजको रात निकै लामो हुनेछ । पर्खाइ त्यो भोलि शुभ बिहानीको हुनेछ।’

उनले सन्देश पठाएको केही समयपछि उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएको समाचार आयो। सो घटनापछि सुदूरपश्चिम विश्वविद्यालय शोकमा परेको छ। ‘घटनाले विद्यार्थी हतोत्साहित बनेका छन्। शिक्षक भावविह्वल बनेका छन् । क्याम्पसका सबै पठनपाठन बन्द भएका छन्। आन्तरिक परीक्षा स्थगित भएको छ’, क्याम्पसका उपप्राध्यापक प्रेम पाण्डेले भने, ‘हामीसँग बोल्ने शब्द बाँकी छैनन्। घटनाले हामीलाई विवश बनाएको छ।’ उक्त घटनाले विद्यार्थीको मनोबल कमजोर बन्ने स्थिति देखिएको उनले बताए।

विश्वविद्यालयका उपप्राध्यापक सरोज घिमिरेले विद्यार्थीको मृत्युले राज्यले ठूलो जनशक्ति गुमाएको बताए। उपप्राध्यापक घिमिरे भन्छन्, ‘आज दुःखद् घटना घट्यो। यस्तो अवस्थामा हामीसँग कुनै उत्तर छैन।’उपप्राध्यापक गुरु अधिकारीले सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल पुगेका अन्य विद्यार्थी पनि जोखिममा रहेको बताए। उनले जतिसक्दो चाँडो राज्यले घाइतेको उपचारमा र अन्यलाई नेपाल फर्कने वातावरण बनाउन आग्रह गरे।

राज्यको भूमिका औपचारिकता मात्रै देखिएको छ। हाम्रा अन्य विद्यार्थी पनि जोखिममा छन् । उहाँहरुको समयमै उद्धार होस्’, उनले भने, ‘आज विद्यार्थीका अभिभावक भावविह्वल अवस्थामा छन्। सिंगो क्याम्पस शोकमा छ । म आग्रह गर्छु, राज्य जिम्मेवार बनोस्।’

कृषि विज्ञान संकायको दोस्रो वर्षमा अध्ययनरत सुन्दर विश्वकर्मा थापाले विद्यार्थीहरुको निधनले आशाको दियो निभेको बताए। पहिलो ब्याचका विद्यार्थी इजरायल जाँदा आफूले बोकेका सपनामा पूर्णविराम लागेको उनको भनाइ छ। ‘हामीभन्दा अघिल्लो ब्याचका विद्यार्थी थप सिकाइका लागि इजरायल गएपछि आफूहरु पनि जानुपर्छ भन्ने लागेको थियो। अहिलेको घटनाले त्यो सपनामा पूर्णविराम लागेको छ।’ उनले त्रासमा रहेका सबै विद्यार्थीलाई नेपाल फिर्ताका लागि सरकारले चाँडो पहल गर्नुपर्ने बताए।

विश्वविद्यालयबाट २६ भदौमा इजरायल पुगेका निश्चल पाण्डेका बुबा उत्तम पाण्डेले आफ्नो छोरासहित सबै विद्यार्थीलाई नेपाल फिर्ताका लागि सरकारसँग आग्रह गरेका छन्। उनले छोरासँग सम्पर्क भइरहेको बताउँदै त्यहाँ रहेका विद्यार्थी निकै असुरक्षित भएको बताए।

‘बाहिरको वातावरण निकै असुरक्षित छ भनेर छोरासँग सम्पर्क भइरहेको छ। उनीहरु अझै पनि बंकरमा बसेर जीवन जोगाइराखेका छन्’, पाण्डेले भने, ‘उहाँहरुको कुराले सबै विद्यार्थी नेपाल फर्किन चाहन्छन्। हामी अभिभावक पनि आफ्ना सन्तान फर्केको हेर्न चाहन्छौं। सरकारले हाम्रा सन्तान नेपाल फर्कने वातावरण बनाओस्।’

विश्वविद्यालयको कृषि विज्ञानतर्फ स्नातक तहको अन्तिम सेमिस्टारका ४९ जना विद्यार्थीमध्ये २६ भदौमा १५ जना र २७ भदौमा ३५ जना विद्यार्थी इजरायल गएका थिए। उनीहरुमध्ये १० जना छात्रा छन्। उनीहरु १० महिनाका लागि इजरायल गएका थिए।विद्यार्थीले लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत साताको एक दिन अध्ययन, पाँच दिन काम र एक दिन छुट्टीमा बस्ने उल्लेख थियो। कृषि विज्ञान संकायले कार्यक्रमअन्तर्गत पहिलो पटक विद्यार्थी पठाएको हो।–रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, सात जनाको मृत्यु

तनहुँमा जन्ती बोकेको गाडी पल्टिँदा २ जनाको मृत्यु, १६ घाइते

उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन

प्रधानमन्त्री प्रचण्डलाई ओलीले बुझाए मध्यपहाडी क्षेत्रका ७५१ योजना र मागसहितको थैली

बारामा बस र ट्रक एकापसमा ठोक्किँदा ३ जनाको मृत्यु, २७ घाइते

राजनीतिक दलहरुलाई चुनावलक्षित नभई पुस्तालक्षित राजनीति गर्न रविको आग्रह

राप्रपा कोशी सरकार निर्माणमा तटस्थ बस्ने

रिगलको आममाफीविरुद्ध माइतीघरमा विरोध प्रदर्शन

इजरायलको सैन्य अखडामा हेजबुल्ला समूहले हान्यो मिसाइल

इजरायलबाट नेपाल फर्किन २०० ले दिए आवेदन

कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेस निर्णय

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् विशेष बैठक

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL