Breaking News Friday, 6 Oct, 2023
Prestige Media

प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावितलाई भेट्न बझाङ पुगे

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गत मंगलबारको भूकम्पले क्षति पुगेको बझाङका सर्वसाधारणको अवस्था बुझ्न प्रभावित क्षेत्र पुगेका छन्।

नेपाली सेनाको हेलिकोप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरे प्रचण्डले भूकम्पले बढी क्षति गरेका स्थानको अवलोकन गर्नेछन्।
भूकम्पका कारण घर भत्किएर सार्वजनिक स्थानमा बसेका नागरिकको अवस्थाबारे बुझ्नुका साथै जिल्ला विपद् व्यवस्थापन समितिसँग छलफलसमेत गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डलाई भूकम्पबाट प्रभावित मुख्य स्थान देखाउने तयारी भइरहेको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए।
बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर गत मंगलबार गएको भूकम्प र त्यसपछिका परकम्पले हालसम्म २० घाइते र एक जनाको मृत्यु भएको छ। घाइतेमध्ये १३ जना उपचार गरेर घर फर्किसकेका छन् भने ५ जनालाई अन्यत्र रिफर गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गत मंगलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो। दोस्रोपल्ट ३ः६ बजे बझाङ सदरमुकाम चैनपुर केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि पनि निरन्तर परकम्पन गइरहेका छन्।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL