प्रमुख समाचार Wednesday, 4 Oct, 2023
Prestige Media

नक्कली प्रमाणपत्र बनाएर जापान कामदार पठाउने १४ कम्पनी निलम्बित

काठमाडौं– वैदेशिक रोजगार विभागले शंकास्पद कागजात पेस गरी श्रम स्वीकृति लिएर श्रमिक जापान पठाउने कार्यमा संलग्न १४ वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी निलम्बनमा परेका छन् ।

विभागका अनुसार जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृति लिएर श्रमिक जापान पठाउने कार्यमा संलग्न भएको पाइएपछि ती म्यानपावरलाई निलम्बन गरिएको हो ।

निलम्बनमा पर्नेमा गुड लाइफ इन्टरनेसलन इप्लोइमेन्ट एजेन्सी प्रालि, सत्यावती ओभरसिज, डिएन इन्टरनेसनल नेपाल ओभरसिज, इप्लोइमेन्ट एजेन्सी प्रालि, रोयल ओभरसिज नेपाल प्रालि, जब्स ग्लोबल कम इप्लोइमेन्ट सर्भिसेज प्रालि, लायन्स इन्टरनेसनल नेपाल प्रालि रहेका छन् ।
यसै गरी भण्डारी ओभरसिज प्रालि, वल्र्ड फेभर ओभरसिज प्रालि, नाप इन्टरनेसनल प्रालि, मन्जुश्री ओभरसिज प्रालि, एएनएस एसोसिएट्स प्रालि, क्यापिटल इन्टरनेसनल म्यानपावर प्रालि, ग्रान्ड सुइट जब प्रालि र ओक्सन इन्टरनेसनल प्रालि (अभतार ह्युमन रिसोर्स प्रालि) पनि निलम्बनमा परेका छन् ।

यी सबै म्यानपावरले वैदेशिक रोजगारीमा श्रमिक पठाउन सरकारसँग अनुमति लिएका छन् । विभागमा केही म्यानपावर कम्पनीले जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृति लिएर श्रमिक जापान पठाएको उजुरी परेको थियो । विभागका प्रवक्ता कविराज उप्रेतीले उजुरीका आधारमा विभागले गरेको प्रारम्भिक अनुसन्धानमा यी १४ म्यानपावरको संलग्नता रहेको देखिएकाले त्यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL