Breaking News Wednesday, 4 Oct, 2023
Prestige Media

यातायात व्यवसायीले भाडा बढाउन दबाब दिएः मन्त्री ज्वाला

काठमाडौं–भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मुख्य चाडपर्वको मुखमा सार्वजनिक यातायातको भाडा बढाउन नसकिने प्रस्ट पारेका छन् ।आज सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा मन्त्रालयको तर्फबाट चाडपर्व विशेष सार्वजनिक यातायात, सडक सुरक्षा र पूर्वतयारीको जानकारी दिँदै उनले यस्तो बताएका हुन् ।

दसैँ तिहारका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गर्नुपर्ने भए पनि यातायात व्यवसायीहरूले भाडा वृद्धिको लबिङ गरिरहेको बताउँदै मन्त्री ज्वालाले मुख्य चाडपर्वको मुखमा भाडा बढाउन नसकिने प्रस्ट पारे ।

’दसैँ तिहार छठ जस्ता मुख्य चाडपर्वमा गाउँ जाने, घर जाने सर्वसाधारणका लागि कसरी सुरक्षित र भरपर्दो यात्रा गराउने भन्नेमा सरकार गम्भीर भएर लागेको छ । सडक सुरक्षालाई नै लिएर मन्त्रालयले दसैँ अघि नै मुख्य मुख्य राजमार्गहरू मर्मत कार्य अघि बढाएको छ’ मन्त्री ज्वालाले भने, ’सँगै सहज यात्राका लागि दसैँ तिहारको अग्रिम टिकट बुकिङका लागि समेत मन्त्रालयले यातायात व्यवस्था विभागसँगको समन्वयमा यातायात व्यवसायीहरूसँग नियमित बैठक, तयारी गरिरहेको छ । तर, यातायात व्यवसायीले भने भाडा वृद्धि गर्नुपर्ने माग राखिरहेको आफूले चाडपर्वको मुखमा भाडा वृद्धि गरेर सर्वसाधारण उपभोक्तालाई मारमा पार्न सकिँदैन । यसले राम्रो म्यासेज पनि जाँदैन ।’

तथापि, दसैँ तिहारकै लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गर्न यातायात व्यवसायीसँग विभागले समन्वय गरिरहेको उनले बताए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

दक्षिण कोरियाले बढायो भिसा शुल्क

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL