प्रमुख समाचार
Tuesday, 3 Oct, 2023
एमाले कोसी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित
मोरङ–नेकपा (एमाले) कोशी प्रदेशको अध्यक्ष पदमा घनश्याम खतिवडा निर्वाचित भएका छन् ।
एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको आज बिहान यहाँ सार्वजनिक गरिएको मतपरिणामअनुसार उहाँले पाँच सय १२ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी एमाले नेता विनोद ढकालले चार सय ३० मत प्राप्त गरे ।
यस्तै सचिवमा राजकुमार भण्डारी र उपसचिवद्वयमा जलवर्षा राजवंशी र देवान राई निर्वाचित भएका छन् । उपाध्यक्षमा टीकाराम चेम्जोङ यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । अन्य सदस्यको मतगणना जारी रहेको निर्वाचन कमिटीले जनाएको छ ।







