प्रमुख समाचार
Thursday, 28 Sep, 2023
एमाले बागमती अधिवेशनमा निर्वाचन नहुने संकेत
काठमाडौं–एमालेको काठमाडौंमा जारी प्रथम बागमती प्रदेश अधिवेशनको आज हुने भनिएको निर्वाचन प्रक्रिया अनिश्चित देखिएको छ।
बुधवार उम्मेदवारी दर्ता, दाबी विरोध तथा फिर्ताको समय तोकिए पनि निर्वाचन आयोगको तालिकाअनुसार कुनै पनि प्रक्रिया नभएपछि आज हुने भनिएको निर्वाचन कार्यक्रम नहुने देखिएको हो।जनजाति तथा सीमान्तकृत क्लस्टर नराखिएको भन्दै विरोध भएपछि जनजाति तथा सीमान्तकृत क्लस्टरमा उम्मेदवार खुला गरिएको छ ।
जनजाति क्लस्टरमा ३ पुरुष, २ महिला गरी ५ तथा सीमान्तकृतमा एक महिला र एक पुरुष गरी २ जना सदस्य पदमा उम्मेदवार खुला गरिएसँगै बागमती प्रदेश कमिटी २४७ संख्यामा बन्ने भएको छ ।
हालसम्म अध्यक्षमा ५ जना, उपाध्यक्षमा ५ जना, सचिवमा ४ तथा उपसचिवमा १२ जनाको उम्मेदवारी परेको छ ।







