Breaking News Wednesday, 27 Sep, 2023
Prestige Media

ल्हासा आइपुगे प्रधानमन्त्री प्रचण्ड

ल्हासा–साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बेइजिङ भेटघाट सकाएर आज स्वशासित क्षेत्र तिब्बतको ल्हासा आइपुगेका छन्।गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा आइपुगेका हुन्।

उनलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत उपसचिव चेन योङ्छीले स्वागत गरे।प्रधानमन्त्री प्रचण्ड ल्हासास्थित नेपाली महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने अन्तक्र्रियामा सहभागी हुनेछन्। प्रधानमन्त्री प्रचण्डले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने कार्यक्रम छ।

उनले आजै यहाँको चिनियाँ कम्युनिस्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् भने ल्हासामै बस्नेछन्।

यसअघि प्रधानमन्त्री प्रचण्ड मंगलबार बेइजिङबाट छिङछोङ सहर आएका थिए। छिङछोङमा रहँदा उनले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ताका साथै कृषिका क्षेत्रमा छिङछोङ महानगरले गरेको कामकारे जानकारी लिएका थिए।यसअघि गत ६ असोजमा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले एसियाड स्थल हाङ्जावमा राष्ट्रपति सीसँग संक्षिप्त भेटवार्ता गरेका थिए।चीनको हाङ्चाव सहरको हाङजाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरेका थिए।

सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि उपस्थित थिए।प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औंँ महासभालाई सम्बोधन गरेर शुक्रबार राती न्युयोर्कबाट चीन पुगेका थिए।

प्रधानमन्त्री प्रचण्ड हाङझाव सहरमा शनिबारदेखि आयोजना गरिएको १९औं एसियन गेमको समुद्घाटन समारोहमा सहभागी भएका थिए।
प्रधानमन्त्री प्रचण्ड आइतबार चीनको राजधानी सहर बेइजिङ गएका थिए। बेइजिङमा सेप्टेम्बर २५ मा चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गरेका थिए। नेपाल–चीनबीचको द्विपक्षीय वार्तामा १२ बुँदे सम्झौता र एउटा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

भ्रमणको कार्यसूचीअनुसार प्रधानमन्त्री प्रचण्डले चीनको राष्ट्रिय जनकंग्र्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गरे।
यसैगरी उनले चीनस्थित नेपाली दूतावासले आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गरे। सम्मेलनमा नेपाल र चीनका उद्योगी व्यवसायीको सहभागी थिए।

सम्मेलनमा सहभगिताका लागि नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोली चीन पुगेको थियो।प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिमण्डलसहित सेप्टेम्बर ३० अर्थात् आगामी शनिबार नेपाल फर्कनेछन्।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

दक्षिण कोरियाले बढायो भिसा शुल्क

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL