प्रमुख समाचार Friday, 15 Sep, 2023
Prestige Media

सुकुम्बासीलाई जग्गा प्रयोजनार्थ निवेदन दिन भूमि आयोगको आग्रह

काठमाडौं–राष्ट्रिय भूमि आयोगले विभिन्न जिल्लामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिको निवेदन दिन सूचना जारी गरेको छ।

आयोगले तोकिएका स्थानमा खटिएका लगत संकलकमार्फत निवेदन लिइने आज सूचना जारी गरी जानकारी गराएको हो।‘आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भरी २९ भदौबाट ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानमा खटिएका लगत संकलकमार्फत पेस गर्नुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ,’ आयोगले भनेको छ।

सर्लाहीको हरिपुर नगरपालिका, बह्मपुरी गाउँपालिका, बाराको आदर्श कोतवाल गाउँपालिका, प्रसौनी गाउँपालिका, रौतहटको पहोरा नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर, नगरपालिका, मौलापुर नगरपालिका, ईशानाथ नगरपालिका, बौधीमाई नगरपालिका, राजपुर नगरपालिकामा पनि निवेदन माग गरिएको छ।

गण्डकी प्रदेशअन्तर्गत बागलुङको वरेङ गाउँपालिका, लुम्बिनी प्रदेशअन्तर्गत रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा पनि निवेदन दिन भनिएको छ।

उदयपुरको उदयपुरगढी गाउँपालिका, ताप्ली गाउँपालिका, लिम्चुङबुङ गाउँपालिकामा निवेदन माग गरिएको छ। मधेस प्रदेशअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका, सिराहाको नवराजपुर गाउँपालिका, सिराहा नगरपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीबाट निवेदन माग गरिएको छ।

बागमती प्रदेशअन्तर्गत रामेछाप खाँडादेवी गाउँपालिका, काठमाडौंको शंखरापुर नगरपालिका, भक्तपुरको सूर्यविनायक नगरपालिकामा पनि निवेदन माग गरिएको छ।कर्णाली प्रदेशअन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका, सुदूरपश्चिम प्रदेशअन्तर्गत बझाङ तलकोट गाउँपालिकाबाट पनि निवेदन माग गरिएको छ।

आयोगले सात प्रदेशका केही जिल्लामा दोस्रोपटक ३५ दिने सूचना प्रकाशित गरेको हो।आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानमा खटिएका लगत संकलकमार्फत निवेदन पेस गर्न पनि सूचित गराएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL