Breaking News Friday, 15 Sep, 2023
Prestige Media

अलपत्र गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण अघि बढाइँदै

भरतपुर महानगर प्रमुख रेनु दाहालले रंगशालाको बाँकी निर्माणको काम महानगरले पूरा गर्ने दाबी गरेकी हुन्।चितवन–धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम अघि बढ्ने भएको छ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले रंगशालाको बाँकी निर्माणको काम महानगरले पूरा गर्ने दाबी गरेकी हुन्।आज नारायणी किनारमा भएको सरसफाइ तथा वृक्षरोपण कार्यक्रममा उहाँले जनस्तरबाट भएको चासो र चिन्तालाई आफूले मनन गरेको जनाउँदै उनले जसरी भए पनि रंगशाला बनाइने बताइन्।

उनले भनिन्, ‘हामीलाई पटक–पटक जनस्तरबाट खबरदारी भएको छ। रंगशाला के हुँदै छ भन्ने आम रुपमा जनतामा चासो र चिन्ता छ। महानगर प्रमुखले अल्लि अस्ति नै बनाउने भन्नुभएको थियो। निर्माणको काम कहाँ पुग्यो भन्ने जनतामा प्रश्न छ।’सामाजिक सञ्जालमा समेत पहिला बोलेका कुरा राखेर प्रश्न उठाउने गरिएको उनको भनाइ छ। उनले भनिन्, ‘म यही कार्यक्रममार्फत भन्न चाहन्छु, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्छ हाम्रै पालामा। तपाईंहरु ढुक्क रहनुस्।’

रंगशाला निर्माण पूरा गर्न ठूलो आकारको ऋण तिर्नुपर्ने भएको र सरकारले ऋण तिर्ने भन्ने पहिला कुनै सम्झौता नभएको हुँदा निर्माण प्रक्रिया अगाडि बढाउन मुस्किल भएको भन्दै महानगर प्रमुख दाहालले गत आर्थिक वर्ष अन्त्यमा सरकारको १२ करोड बजेट आएको तर एक साता पनि समय नहुँदा बजेट फिर्ता पठाइएको सुनाइन्। उनले फिर्ता भएको बजेट छिट्टै आउने आश्वासन दिलाइन्।

रंगशाला निर्माणका लागि महानगरलाई तत्कालै अर्बौं बजेट जुटाउन समस्या हुने हुँदा चरणबद्घ ढंगले काम अघि बढाउँदै र बनेका संरचना संरक्षण गर्दै लैजाने दाहालको भनाइ छ। उनले रंगशालालाई खेल्न लायक ठाउँ बनाउन महानगरले विभिन्न प्रक्रिया पूरा गरी बागमती प्रदेश सरकारसँगको साझेदारीमा छिट्टै काम अघि बढाइने जानकारी दिइन्।–रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

दक्षिण कोरियाले बढायो भिसा शुल्क

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL