Breaking News Tuesday, 12 Sep, 2023
Prestige Media

सुन तस्करी प्रकरणको अन्तिम प्रतिवेदन बुझाउँदै सीआईबी

काठमाडौं–सुन तस्करी प्रकरण छानबिन गर्दै आएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने अन्तिम तयारी छ। ३ साउनमा त्रिभुवन विमानस्थल भन्सारबाट जाँचपास भई बाहिरिएका बेला राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको ६० केजी सुन तस्करी छानबिन जिम्मा सीआईबीले पाएको छ।

संगठित अपराधको मुद्दामा अनुसन्धान भइरहेकामा ३१ भदौमा ६० दिन पुग्ने हुँदा सो अवधिसम्म अदालतमा मुद्दा दर्ता गर्नुपर्ने कानुनी प्रावधानका कारण सीआईबीले अन्तिम प्रतिवेदन बुझाउन लागेको हो।प्रतिवेदन लेखन लगभग सकिएको र केही प्राविधिक काम बाँकी रहेको सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण वज्राचार्यले बताए।

सीआईबीले सुन तस्करी प्रकरणमा हालसम्म ३१ जनालाई पक्राउ गरेकामा ३० जना प्रहरी हिरासतमा छन्। पक्राउ पर्नेमा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि छन्।सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकले नेपाली नागरिकतासमेत लिएको खुलेको छ। तस्करीमा भन्सारका कर्मचारीकै मिलेमतो रहेको पाइएकाले पछिल्लो समयमा प्रहरीले भन्सार अधिकृत पुष्पा जोशीसहित नासु कमल परियार र वीरेन्द्र नेपालीलाई पक्राउ गरेको छ।

राजस्व अनुसन्धान विभागको अपरेसनका क्रममा हङकङबाट ब्रेक सुमा हालेर ल्याइएको उक्त सुन सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको थियो। सुन भन्सार पास भएर निस्किएको थियो। विभागले आवश्यक अनुसन्धान सकेको १८ दिनपछि सुन प्रकरणको अनुसन्धान सीआईबी)ले गरिरहेको छ।

ब्रेक सुसहितको सुन १ सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम शुद्ध सुन भएको थियो। अहिले उक्त सुन राष्ट्र बैंकको जिम्मामा छ।सुन तस्करी प्रकरणको छानबिन प्रतिवेदन लेखन सकेर आजै वा भोलि बुझाउने तयारी गरिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

दक्षिण कोरियाले बढायो भिसा शुल्क

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL