प्रमुख समाचार
Tuesday, 12 Sep, 2023
मधेस प्रदेश सांसद बिन्दुकुमारीको निधन
प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा आज बिहान ८ बजे यादवको निधन भएको हो।
काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) की मधेस प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन भएको छ।प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा आज बिहान ८ बजे यादवको निधन भएको हो।
सांसद यादवको पार्थिव शरीर अहिले पार्टीको प्रादेशिक कार्यालय लगिँदै जनकपुरमा लगिँदै गरेको जसपाका सचेतक रामआशीष यादवले बताए।
सर्लाहीको कविलासी नगरपालिका सिर्सियाकी यादव गत निर्वाचनमा समानुपातिक सांसद भएकी थिइन्।पाठेघरको मुखको क्यान्सरबाट पीडित उनको लामो समयदेखि उपचार चलिरहेको थियो। १० दिनदेखि उनको प्रादेशिक अस्पताल जनकपुरको आइसियूमा राखेर उपचार हुँदै आएको थियो।







