Breaking News Tuesday, 12 Sep, 2023
Prestige Media

संविधानसभा अध्यक्ष सुवास नेम्बाङको निधन

काठमाडौं– संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्बाङको निधन भएको छ। प्रतिनिधिसभा सदस्यसमेत रहेका नेम्बाङको मंगलबार राती १ बजे हृदयाघातबाट निधन भएको हो।बालुवाटर बस्ने उनलाई हृदयघात भएपछि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। अस्पतालमा लैजाँदै गर्दा बाटोमै उनको निधन भइसकेको बताइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र एमाले अध्यक्ष केपी शर्मा ओली टिचिङ अस्पातलमा पुगिसकेका छन्। इलाम २ बाट निर्वाचित नेम्बाङ २८ फागुन २००९ मा इलाममा जन्मिएका थिए। उनी इलाम २ बाट २०५६ देखि संसदीय चुनावमा निरन्तर विजयी हुँदै आएका थिए।

२०४८ देखि २०५२ सम्म उनी राष्ट्रिय सभाका सांसद थिए। २०६३ मा पहिलोपटक सभामुख बनेका नेम्बाङ अन्तरिम संसदमा समेत सभामुख बनेका थिए।

पहिलो र दोस्रो संविधानसभाका अध्यक्ष र सभामुख बनेका नेम्बाङकै कार्यकालमा ३ असोज २०७२ मा संविधान जारी भएको थियो। २०५१ मा न्याय, कानुन तथा संसदीय मन्त्री बनेका नेम्वाङ २०५६ मा लेखा समिति सभापति बनेका थिए।

स्नातक अध्ययनका क्रममा २०२८÷२०२९ मा अनेरास्ववियुबाट इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापति बनेका नेम्वाङ २०२८ देखि राजनीतिमा निरन्तर सक्रिय थिए। २०३३ मा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी को–ओर्डिनेसन केन्द्र मालेमा संगठित भएका नेम्बाङ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै २०७८ मा एमाले उपाध्यक्ष बनेका हुन्।

पञ्चायती निरंकुशताविरुद्धको राजनीतिक आन्दोलनका क्रममा पटक–पटक सार्वजनिक सुरक्षाअन्तर्गत नजरबन्दमा परेका नेम्बाङ प्रधानमन्त्री तुलसी गिरीको पालामा चलाइएको राजकाज मुद्दामा ७ महिना जेल परेका थिए।वरिष्ठ अधिवक्तासमेत रहेका नेम्बाङले केही समय नेपाल ल क्याम्पसमा पढाएका थिए। प्रध्यापन, कानुन व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाएका नेम्बाङ नेपाल बार एसोसिएसनको पूर्वमहासचिवसमेत हुन्। नेम्बाङ स्वच्छ र इमान्दार छवि भएका नेता थिए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

दक्षिण कोरियाले बढायो भिसा शुल्क

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL