प्रमुख समाचार Sunday, 10 Sep, 2023
Prestige Media

चार दशकदेखि खाली छ बीपीका नाममा राखिएको कोठा

चितवन– प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (बीपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उनकै नाममा खाली छ।

भरतपुर महानगर–२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि बीपीकै सम्झनामा खाली राखिएको हो। त्यतिबेला बीपी सुत्ने काठको खाट सफा तन्नाले ढाकेर राखिएको छ।

‘घर बनेपछि यो कोठामा बीमी कोइरालाबाहेक अहिलेसम्म कोही पनि सुतेको छैन’, ९० वर्षीया गौरीदेवीले भनिन्। उनका श्रीमान् स्व. श्यामकृष्ण प्रधानसँग बीपीको निकट सम्बन्धका कारण परिवारको एक सदस्यका रूपमा प्रधान परिवारले उनलाई लिने गरेको थियो। २००६ मा बन्दीपुरमा प्रधानको बीपीसँग चिनजान भएपछि उक्त सम्बन्ध बाँचुन्जेलसम्म रहिरह्यो। गौरीदेवीले भनिन्, ‘अरु नेता आउँदा पनि बीपीको कोठामा कसैलाई पनि बस्न दिइएन।’ कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवालगायत नेता आउँदा पनि कोहीलाई माथिल्लो तला र कोहीलाई भुइँ तलामा सुत्ने व्यवस्था गरिएको उनी बताउँछिन्।

‘घर बनेदेखि बीपी यही घरमा बस्नुभएको हो’, गौरीदेवीले भनिन्। छतमा मन्दिर भएको घरको अगाडितर्फ दुईतिर ठूला झ्याल भएको पहिलो तलाको खुला कोठामा बीपी सुतेको खाट अझै देख्न सकिन्छ।

रातो रङको यो घर २०२६ मा निर्माण भएको हो। घरको पहिलो तलामा आराम गरिरहेकी प्रधानले भनिन्, ‘बीपीबाबुले गिरिजाबाबुलाई भनेको मलाई अहिले पनि सम्झना छ। ‘गिरिजा चिन्यौ? घरको परिवारजस्तै हो, जहिले पनि यही आएर बस्नू है।’ प्रधानको मामाको छोरा धर्मभक्त माथेमालाई राणाले मारेकाले उनमा क्रान्तिकारी जोश भएकाले पनि बीपीप्रतिको श्रद्धा बढी भएको बताइन्। बीपी घरमा आएपछि सुरक्षाकर्मीले घरबाहिर घेर्ने गथ्र्याे। कहिले के हुन्छ थाहा हुँदैनथ्यो। त्यो बेला सम्झँदै उनले भनिन्, ‘यही घरमा बसेर बीपीबाबुले राजनीतिक योजना पनि बनाउनुहुन्थ्यो।’

बीपी कति पटक घरमा आए, उनलाई यकिन सम्झना छैन। उनले भनिन्, ‘कति आउनुभयो आउनुभयो। चितवनमा आउँदा होस् वा पूर्वपश्चिम अन्य जिल्लामा जाँदा। यही बस्नुहुन्थ्यो ।’

सधैँ गाडीमा तेल श्यामकृष्णले भरिदिनुहुन्थ्यो। सादा खाना बीपीबाबुले खाने गरेको प्रधान बताउँछिन्। उनले भनिन्, ‘माछामासु खाएको मलाई थाहा छैन, दही, दूध, सादा खाना खानुहुन्थ्यो। मैले सोध्ने गर्थें, –बीपीबाबु के खाने? तपाईंले जे पकाउनुहुन्छ, त्यही खान्छु भन्नुहुन्थ्यो।’ बीपीले थोरै खाना मीठो गरी खाने गरेको उनलाई सम्झना छ।

जिल्लाभर जहाँ घुमे पनि बेलुका सुत्न यही घरमा आउने गरेको उनले स्मरण गरिन्। साँझ बीपी भन्नुहुन्थ्यो, ‘जहाँ घुमे पनि आफ्नै घरजस्तो लागेर यही आउन मन लाग्छ।’ बीपी हुँदै गर्दा विवाहको घरजस्तै हुने गरेको उनले बताइन्।थोरै खाने चिटिक्क परेर हिँड्नुपर्ने बीपीको स्वभाव थियो। प्रधानले भनिन्, ‘मेरो कान्छी छोरी नम्रतालाई ‘छोरी मेरो कपडामा आइरन गदिदेऊ’ भन्नुहुन्थ्यो र चिटिक्क परेर हिँड्नुहुन्थ्यो।’ बीपी बिरामी परेपछि श्यामकृष्णको परिवार निकै चिन्तित बन्यो।

तनहुँ र चितवनमा महिला संघ स्थापना गरेकी प्रधानले विपीको उपचारका लागि नारायणगढ बजारमा आर्थिक संकलनसमेत गरिन्।
उनले भनिन्, ‘मैले बजार घुमेर आर्थिक संकलन गरें। म आफूले त दिने नै भएँ, अरुले पनि दिए।’बीपीसँगै कांग्रेसका शीर्षनेताको बस्ने थलो यही घर हो। पछिल्ला वर्षहरूमा नेताहरू त्यति पुग्दैनन् । बीपीको देहवसानपछि देश उँभो लाग्न नसकेको प्रधानको निष्कर्ष छ।

उनले भनिन्, ‘कसैलाई पनि कांग्रेस बन्न उत्साह छैन।’ साराका सारा विदेश जान थालेकामा चिन्ता व्यक्त गर्दै उनले भनिन्, ‘बीपी भएको भए, साराका सारा कहाँ विदेश जान्थे, यही काम पाउँथे। बीपीजस्तो नेता न कांग्रेसले जन्मायो, न त देशले जन्मायो?’ ससुरा लालप्रसाद खरदार जागिर छाडेर पार्टीमा लागेको भए पनि पार्टीले अहिले आफ्नो घर बिर्सिएकामा उनलाई चिन्ता छ।

गौरीदेवीलाई बीपी बस्ने त्यो कोठामा जाँदा अहिले पनि सान्दाजुको झल्को आउँछ। राती अबेर सुत्ने कोइरालालाई बिहानीपख चिया लिएर गएको स्मरण उनमा अहिले पनि ताजै छ।

गौरीदेवीका कान्छा छोरा सुवोध प्रधानलाई बाल मानसपटलदेखि बीपीको स्मरण ताजा छ। बीपी चितवन आउँदै गर्दा बुबा श्यामकृष्णले ल्यान्डओभर गाडीमा बीपीलाई सँगै राखेर गाउँ डुलाएको उनी सम्झन्छन्। गाडी पछिपछि नेविसंघका विद्यार्थी हुने भए पनि के हुन्छ भन्ने भर थिएन। ठाउँ–ठाउँमा प्रहरीले रोकेर सोधपुछ गथ्र्याे। १२–१३ वर्षको कलिलो उमेरको विगतलाई सम्झँदै उनले भने, ‘बीपी हाम्रो परिवारको सदस्यजस्तै हुनुहुन्थ्यो। उहाँको निधन हुँदा मेरो दाइ सुवास प्रधानले कपाल खौरिनुभएको थियो।’

आफ्नो घरमा बीपी आउँदा घरवरिपरि खाकीका कपडा लगाएर प्रहरीले घेरेको उनलाई ताजै छ। उनले भने, ‘म घरको कौशीमा लुकेर खाकी लगाएका प्रहरी हेर्थें।’ सबैले बीपीलाई निकै मान्ने आफूले पाएको उनले बताइन्। उनले भने, ‘सबैले देवताजस्तै गरी सम्मान गर्थें।’

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL