Breaking News
Thursday, 7 Sep, 2023
काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको निधन
काठमाडौं । काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । फोक्सोमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।गत स्थानीय तहको निर्वाचनमा रिजाल नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए ।
काठमाडौं क्षेत्र नम्बर-७ का सभापतिसमेत रहेका रिजाल दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका थिए ।







