प्रमुख समाचार Wednesday, 6 Sep, 2023
Prestige Media

एकैसाथ ५१ वटा विद्युतीय फास्ट चार्जिङ स्टेसन उद्घाटन

काठमाडौं–नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेका ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फास्ट चार्जिङ स्टेसन एकैसाथ उद्घाटन गरिएको छ।

आज ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रुपमा काठमाडौंको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फास्ट चार्जिङ स्टेसन उद्घाटन गरे।प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरमा ५१ वटा विद्युतीय सवारीसाधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिएको हो।

करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा साना–ठूला कार चार्ज गर्न मिल्नेछ।

उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा आउनु विद्युतीय सवारी साधनको यात्रा हरित, स्वच्छ ऊर्जा खपतमार्फत कार्बन उत्सर्जन तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणमार्फत देशको दिगो विकासमा महत्त्वपूर्ण पाइला भएको बताए।
विद्युतीय सवारीसाधनको प्रवद्र्धनमा नीतिगत तथा कानुनी व्यवस्थाका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै बस्नेतले विद्युतीय गाडी नेपालमै उत्पादन गर्न लगानीकर्तालाई आकर्षित गर्न कार्य भइरहेको बताए।

आन्तरिक रुपमा विद्युत खपत बढाउने महत्त्वपूर्ण क्षेत्र यातायात भएको उल्लेख गर्दै ऊर्जा सचिव घिमिरेले विद्युतीय सवारी साधनको प्रयोगले प्रतिव्यक्ति ऊर्जा खपत बढाउन सहयोग पुग्ने दाबी गरे।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधन प्रयोगलाई प्रवद्र्धन गर्न चार्जिङ स्टेसन स्थापना गरिएको बताए।
विद्युतीय सवारी साधन पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५÷२० गुणा सस्तो पर्ने उल्लेख गर्दै घिसिङले यसबाट देशको वैदेशिक मुद्रा सञ्चितिमा पनि सकारात्मक योगदान पुग्ने जानकारी दिए।

प्राधिकरणले देशभर थप ५०० चार्जिङ स्टेसन स्थापना गर्न लागेको उनले उल्लेख गरे।एसियाली विकास बैंककी दक्षिण एसिया ऊर्जा महाशाखा प्रमुख सुजाता गुप्ताले कार्बन उत्सर्जन घटाउने यातायात महत्त्वपूर्ण क्षेत्र भएकाले विद्युतीय सवारी साधन प्रयोगलाई प्रोत्साहन गर्ने पूर्वाधार निर्माणमा जोड दिइन्।

चार्ज गर्दा कारमा औसत ७० पैसा, एसयूभीमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसमा १ रुपैयाँ २० पैसा प्रतिकिलोमिटर खर्च लाग्नेछ।
नेपालमा उपलब्ध सवारी साधनमा रहेको व्याट्री क्षमताअनुसार कम्तीमा आधा घन्टादेखि १ घन्टासम्ममा चार्ज पूर्ण हुन सक्छ।आन्तरिक रुपमा विद्युत् खपत बढाउन, पेट्रोलियम खपत कम गरी आयात घटाउन र विद्युतीय सवारीसाधन प्रयोगमार्फत वातावरणमैत्री यातायात प्रणालीको विकासका चार्जिङ स्टेसन स्थापना गरिएको हो।

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणाली जडान गरिएको छ।चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०÷६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जर राखिएका छन्। यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एकैसाथ चार्ज गर्न सकिनेछ।

चार्जिङ स्टेसन निर्माण आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भारका लागि वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड, जियाङ्सु, चीनसँग ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको थियो।सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्नेछ । ३ सय बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिनेछ।

५१ वटै स्टेसनको कन्ट्रोल काठमाडौंबाट हुनेछ। सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिल भुक्तानी गर्न सक्नेछन्।

चार्जिङ स्टेसन स्थापना भएका ठाउँ
क्र.सं. स्थान जिल्ला सङ्ख्या
१ धार्के धादिङ २
२ मुग्लिङ चितवन १
३ साझा सेवा बल्खु काठमाडौं २
४ साझा सेवा पुल्चोक ललितपुर १
५ नेपाल विद्युत प्राधिकरण, रत्नपार्क काठमाडौं १
६ नेपाल पुलिस क्लब, भृकुटीमण्डप काठमाडौं १
७ पारस बसपार्क चितवन २
८ खुर्कोट सिन्धुली २
९ सिन्धुली बसपार्क सिन्धुली १
१० इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरी २
११ हरिवन सर्लाही २
१२ इनरुवा बसपार्क सुनसरी १
१३ प्रहरी पेट्रोल पम्प, लाहान सिराहा २
१४ कालिका फ्युल सेन्टर, मालेपाटन, पोखरा कास्की २
१५ पर्यटक बसपार्क पोखरा कास्की १
१६ दमक बसपार्क झापा २
१७ बेलका नगरपालिका उदयपुर २
१८ बिर्तामोड बसपार्क झापा २
१९ सुर्खेत बसपार्क सुर्खेत २
२० हेटौडा, रातमाटे मकवानपुर २
२१ विद्युत प्राधिकरण तालिम केन्द्र खरिपाटी भक्तपुर १
२२ प्रहरी पेट्रल पम्प, सामाखुसी काठमाडौं २
२३ बेगनास ताल, पोखरा कास्की १
२४ बुटवल बसपार्क रुपन्देही २
२५ इटहरी सुनसरी १
२६ विराटनगर मोरङ १
२७ कोहलपुर नयाँ बसपार्क बाँके २
२८ धनगढी कैलाली २
२९ त्रिशूली हावा घर नुवाकोट १
३० बट्टार, त्रिशूली नुवाकोट १
३१ कुश्मा पर्वत १
३२ लमही बसपार्क दाङ २
३३ लम्की कैलाली १
जम्मा ५१

स्रोत : नेपाल विद्युत प्राधिकरण ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL