Breaking News Thursday, 31 Aug, 2023
Prestige Media

प्रहरी मुख्यालयको साइबर ब्युरो भवन शिलान्यास

काठमाडौं– नेपाल प्रहरीको मुख्यालय साइबर ब्युरोको सामाखुसीमा निर्माण हुने भवनको शिलान्यास गरिएको छ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र दाता नेपालका लागि कोरियाली राजदूत पार्क ताई योङले संयुक्त रूपमा भवन निर्माणार्थ भूमिपूजन गरेका हुन्।

कार्यक्रममा राजदूत पार्क ताई योङले वर्तमान समयमा बढ्दै गएको साइबर अपराधको अनुसन्धान तथा नियन्त्रणका लागि नेपाल प्रहरीले साइबर ब्युरोको क्षमता स्तरोन्नति गर्दै आमनागरिकलाई साइबर अपराधबाट जोगाउन थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
आगामी दिनमा साइबर ब्युरोको क्षमता अभिवृद्धिका लागि नेपाल प्रहरीसँग आपसी सहयोग तथा सहकार्य गरिने उनले बताए।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विज्ञान र प्रविधि क्षेत्रमा देखिएको विकास नेपालमा मात्र नभई हाल विश्वमै ठूलो आयाम र चुनौतीको रूपमा खडा भएको हुँदा प्रहरीको कार्यक्षेत्रमा समेत ठूलो परिवर्तन ल्याएको औंल्याए।उनले आगामी दिनमा साइबर अपराधसँग सम्बन्धित विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका लागि साइबर ब्युरोको संरचना सुदृढीकरण, प्रविधि र दक्ष जनशक्ति उपलब्धता अत्यन्त जरुरी भएको बताए।

प्रहरी महानिरीक्षक कुँवरले कोरियाबाट उपलब्ध सहयोगले प्रहरीको संस्थागत विकासको सन्दर्भमा दूरगामी महत्त्वको सुरुआती चरण हुने विश्वास व्यक्त गरे।उनले साइबर ब्युरो निर्माण गर्न कोरियाली सरकार, कोइका र कोरियाली जनताको प्रशंसा गर्दै उहाँले निर्माण हुने भवन नेपाल र कोरियाबीच मित्रताको प्रतीकको रूपमा रहने चर्चा गरे।

कार्यक्रममा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका) नेपालका कन्ट्री डाइरेक्टर मोहिओन कोङले भवन निर्माणपछि प्रहरीको साइबर ब्युरोको स्तरोन्नति र जनशक्तिको क्षमता अभिवृद्धि गरी अपराध नियन्त्रणमा प्रभावकारी ढंगबाट कार्यसम्पादन गर्न सहजीकरण हुने बताए।
सो अवसरमा साइबर ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत, कोइका प्रतिनिधि, स्थानीय निकायका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, प्रहरी अधिकृतलगायत उपस्थित थिए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

दक्षिण कोरियाले बढायो भिसा शुल्क

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL